यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बढूवा समितिको सचिवालय उपसचिवको बढुवाको संशोधित सूची सार्वजनिक गरेको छ । सचिवलायले नेपाल कृषि सेवा,बाली संरक्षण समूहको कार्यक्षमता र जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा यस अघि प्रकाशन भएको बढुवा सूचीमा बढूवा लाइनका रहेका शाखा अधिकृतहरु लोकसेवा आयोग र प्रशासकीय अदालत पुगेसँगै लोकसेवाको निर्णय र प्रशासकीय अदालतको आदेश अनुसार उपसचिवको बढुवाको सूची संशोधन गरिएको हो ।

बिज्ञापन

आयोगको बढुवा सूचना ८४- ८२/ ८३ नेपाल कृषि सेवा, बाली संरक्षण समूह, राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कार्यक्षमताको आधारमा हुने बढुवाका लागि बढुवा समितिको गत माघ ९ को निर्णयानुसार किरण घिमिरेको नाम पहिलो नम्बरमा सिफारिसमा परेको थियो । चन्द्रबहादुर बूढा,सुजित पौडेल र नारायण पौडेल सम्भाव्य उमेद्धारका रुपमा रहेका थिए तर सिफारिश योग्यताक्रमका अन्याय भएको भन्दै लोकसेवा आयोगमा परेको उजुरीपछि यही चैत्र १२ मा भएको निर्णय अनुसार चन्द्र बहादुर बुढा बढुवा भएको सचिवालयले जनाएको छ ।

बिज्ञापन

यस्तै नेपाल कृषि सेवा, बाली संरक्षण समूह, राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि बढुवा समितिले गरेको योग्यताक्रमा चित्त नबुझेर तोयनाथ जोशी प्रशासकीय अदालतमा पुगेका थिए । सो अदालतका अध्यक्ष टेकबहादुर घिमिरे,नवल किशोर घिमिरे र आलोकचन्द्र श्रेष्ठको इजलाशले पुनरावेदन दावी नपुग्ने निर्णय गरेको थियो सोही फैसला पछि समितिले श्रीकृष्ण न्यौपाने,पिताम्बर बस्नेत,मादव भट्ट र कोमल शाही बढुवा भएका छन् ।
यस्तै,कार्यक्षमताका आधारमा लक्ष्यबहादुर चौधरी,राजेन्द्र यादव,नन्द किशोर सिंह र तोयनाथ जोशी बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

सहसचिवको उमेद्धार योग्यताक्रमबाटै आउट

रोलक्रम भङ्ग गर्दै पोखरेल एआइजी सिफारिस, सशस्त्र प्रहरीभित्र चर्कियो असन्तुष्टि

बोहरा सहसचिवमा सिफारिस हुँदा बैकल्पिकमा परेका रिमालको भाग्य चम्कियो

सहसचिवको अन्तिम नतिजा सार्वजनिक,स्थायी नियुक्तिका लागि सिफारिस

कार्यविभाजन नियमावली अनुसार सचिवको दरबन्दी मिलान र पदस्थापन हुने

बिशेष