PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

काठमाडौँ । राष्ट्रिय किताबखानाले कर्मचारीहरूको व्यक्तिगत तथा सेवासम्बन्धी विवरण अद्यावधिक गर्न विशेष अभियान सञ्चालन गरेको छ। कर्मचारी सूचना प्रणाली (पीआईएस) मा विवरण अद्यावधिक नभएका कर्मचारीलाई लक्षित गरी अभियान सञ्चालन गरिएको विभागले जनाएको छ।

बिज्ञापन

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने वा सच्याउनुपर्ने कर्मचारीहरूले विभागको वेबसाइटमा राखिएको फाराम भरी समर्पित इमेल [email protected] मार्फत पठाउन अनुरोध गरिएको छ।

बिज्ञापन

कर्मचारीहरूले आफ्नो सूचना अद्यावधिक छ वा छैन भन्ने जानकारी नागरिक एप वा विभागको वेबसाइटमा रहेको पीआईएस लगइन प्रणाली मार्फत जाँच गर्न सक्ने व्यवस्था गरिएको पनि उनले बताए।

महानिर्देशक पोखरेलका अनुसार इमेलमार्फत प्राप्त हुने विवरणहरूलाई छिटोभन्दा छिटो अद्यावधिक गर्न विभागले विशेष टोली गठन गरी परिचालन गरेको छ।

बिज्ञापन

विभागले यही चैत ६ गतेदेखि सुरु गरेको ‘ई–पेन्सन सेवा’ प्रभावकारी बनाउन पनि सूचना अद्यावधिक अभियान महत्वपूर्ण हुने विश्वास गरिएको छ। यसलाई सेवा सुधारको महत्वपूर्ण कोसेढुङ्गाका रूपमा लिइएको विभागले जनाएको छ।

यसैबीच राष्ट्रिय किताबखानाले चैत महिनाको अन्त्यसम्म ‘अनलाइन सिट्रोल दर्ता सेवा’ सुरु गर्ने अन्तिम तयारीसमेत गरेको जानकारी दिएको छ। उक्त सेवा सुरु भएपछि कर्मचारीको सेवा विवरण व्यवस्थापन अझ सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष