सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई कडा चेतावनी दिएको छ । अघिल्लो सरकारहरुले पटक पटक स्थानीय तहमा निमित्तको राज अन्त्य गर्न भन्दै कर्मचारी खटाइए पनि कर्मचारीहरुले सिंहदरबार छाड्न नमान्ने विकृती विद्यमान छ । सोही विकृतीको अन्त्य गर्नका लागि भन्दै नवनियुक्त मन्त्रीले खटाइएको स्थानीय तहमा सरुवा भएर नजाने कर्मचारीहरुलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएकी हुन ।

बिज्ञापन

नयाँ सरकार बन्नु अघि देशभरका ७५३ स्थानीय तहमध्ये १७४ पालिका निमित्तको भरमा चलिरहेको पाइएको छ । महानगरपालिका र उपमहानगरपालिकामा सहसचिव,नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाउँदै आएको छ । देशका ६ वटा महानगरपालिकामध्ये एक महानगरपालिकामा खटाइएका प्रमुख प्रशासकीय जिम्मेवारी लिन पुगेका छैनन् । यस्तै १२ मध्ये ६ वटामा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउन सकिएको थिएन । सामान्य प्रशासनका अनुसार जनकपुर,कलैया,बुटवल,घोराही र तुल्सीपुर उपमहानगरपालिकामा उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएकोमा चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले टेकनारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृतमा काजमा पठाएको छ भने दाङकै घोराहीमा चन्द्रप्रसाद भुसाललाई पठाएको छ। यस्तै, बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा दीपक ज्ञवालीलाई पठाएको छ भने धनुषाको जनकपुर उपमहानगरपालिकामा ज्ञानहरि घिमिरेलाई पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

नयाँ सरकार बनेसँगै सरकारले ६३ वटा नगरपालिकामा उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाएको छ । यस अघि ९० वटामा नगरपालिकामा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत पठाउन सकेको थिएन । जसमध्ये ४९ नगरपालिकामा प्रमुख प्रशासकीय खटाइएको छ । अझैं ५१ वटा नगरपालिका र ७८ वटा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको छ । सरकारले निमित्तको राज अन्त्य गर्ने गरी प्रमुख प्रशासकीय अधिकृत खटाइरहेको छ । अझैं १२९ वटा स्थानीय तह निमित्तको भरमा चलिरहेको छ ।

विगतमा सरकारले खटाएको स्थानमा कर्मचारीहरु नजाने विकृती रहेकोमा नव नियुक्त मन्त्री प्रतिभा रावलले जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू सामना गर्न पनि तयार रहेको जनाउँदै सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन, नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्ने बताएकी छिन् ।

बिज्ञापन

यस अघि रिक्त रहेको नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौंबाहिर जान आनाकानी गरेपछि सामान्य प्रशासनमन्त्री रावलले मार्ग प्रशस्त गर्न आग्रह गरेकी छिन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

बिशेष