सरकारी अस्पतालको यथार्थ बुझ्न मन्त्रीलाई डा. मल्लको सुझाव: ‘पहिले सेवाग्राही बनेर अनुभव गर्नुस्’

काठमाडौं । वीर अस्पतालमा कार्यरत मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा. दिपक मल्लले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सरकारी स्वास्थ्य सेवाको वास्तविक अवस्था बुझ्न स्वयं सेवाग्राही बनेर अनुभव गर्न सुझाव दिएका छन्।

बिज्ञापन

डा. मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै मन्त्री मेहताले कुनै पहिचान नखुलाई, कसैलाई फोन नगरी र कुनै विशेष सुविधा नलिई साधारण बिरामीझैँ सरकारी अस्पतालमा सेवा लिनुपर्ने बताएका हुन्। उनका अनुसार यस्तो अनुभवले मात्रै स्वास्थ्य सेवामा रहेका वास्तविक समस्या, कमजोरी र सुधारका सम्भावनाहरू स्पष्ट रूपमा बुझ्न सकिनेछ।

बिज्ञापन

उनले मन्त्रीलाई कम्तीमा एक–दुई दिन अस्पतालमा बिरामीसँगै लाइन बस्न, डाक्टर भेट्न पालो कुर्न, जाँच गराउन र रिपोर्ट देखाउन पुनः अस्पताल आउन आग्रह गरेका छन्। त्यस क्रममा अस्पतालको भीड, प्रतीक्षा समय, सेवामा देखिने असहजता तथा बिरामीको आशा–निराशा प्रत्यक्ष अनुभव गर्न सकिने उनको भनाइ छ।

डा. मल्लले विशेषगरी दुर्गम जिल्लाहरू जस्तै रुकुम र रोल्पाबाट किन बिरामीहरू उपचारका लागि काठमाडौं आउन बाध्य भइरहेका छन् भन्ने कुरा पनि बुझ्नुपर्ने बताएका छन्। साथै बिरामीका कुरुवाले भोगिरहेका समस्या, शल्यक्रियाका लागि कुर्नुपर्ने समय, परीक्षण र रिपोर्ट पाउन लाग्ने समय तथा उपचार खर्चजस्ता विषयमा पनि ध्यान दिनुपर्ने उनले उल्लेख गरेका छन्।

बिज्ञापन

उनका अनुसार नेपालमै उपचार सम्भव हुँदाहुँदै पनि धेरै बिरामी किन भारत वा सिंगापुरसम्म जान बाध्य हुन्छन्, किन सरकारी अस्पताल छोडेर निजी अस्पताल रोज्नुपर्ने अवस्था सिर्जना भएको छ भन्ने प्रश्नको जवाफ प्रत्यक्ष अनुभवबाट मात्रै भेटिन्छ।

डा. मल्लले स्वास्थ्य सेवामा सुधारका लागि नीति र भाषणभन्दा ठूलो कुरा वास्तविक अनुभूति भएको उल्लेख गर्दै सेवा समयमै, सरल र सम्मानजनक हुनुपर्नेमा जोड दिएका छन्। सहानुभूति, जवाफदेहिता र प्रभावकारी व्यवस्थापनबिना स्वास्थ्य सेवा पूर्ण हुन नसक्ने उनको भनाइ छ।

उनले अन्त्यमा सुधार साँच्चिकै गर्न चाहने हो भने नेतृत्वले पहिले स्वयंले प्रणालीको अनुभव गर्नुपर्ने उल्लेख गर्दै एक दिनको अनुभवले वर्षौंको नीति परिवर्तन गर्न सक्ने बताएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

सहसचिवको उमेद्धार योग्यताक्रमबाटै आउट

रोलक्रम भङ्ग गर्दै पोखरेल एआइजी सिफारिस, सशस्त्र प्रहरीभित्र चर्कियो असन्तुष्टि

बोहरा सहसचिवमा सिफारिस हुँदा बैकल्पिकमा परेका रिमालको भाग्य चम्कियो

सहसचिवको अन्तिम नतिजा सार्वजनिक,स्थायी नियुक्तिका लागि सिफारिस

बिशेष