अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

अर्थ मन्त्रालयले एकैपटक ३० जना उपसचिवको सरुवा गर्दै प्रशासनिक पुनर्संरचनाको कदम चालेको छ। मन्त्रालयको चैत १५ गतेको निर्णयअनुसार विभिन्न राजस्व तथा भन्सार सम्बन्धी कार्यालयमा कार्यरत उपसचिवहरूलाई नयाँ जिम्मेवारीमा पठाइएको हो।

बिज्ञापन

मन्त्रालयका अनुसार सरुवा हुनेमध्ये रामराज चौरसियालाई सुनसरी भन्सार कार्यालयमा खटाइएको छ भने गोपाल भट्टराईलाई भन्सार विभागमा जिम्मेवारी दिइएको छ। त्यसैगरी प्रमोद दासलाई सिरहा भन्सार कार्यालयमा पठाइएको छ।

बिज्ञापन

त्यस्तै, कृष्ण न्यौपानेलाई आन्तरिक राजस्व कार्यालय कृष्णनगरमा सरुवा गरिएको छ भने केशव रघुवंशीलाई आन्तरिक राजस्व विभागमा जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यले एकैपटक ठूलो संख्यामा उपसचिवहरूको सरुवा गरिएको जनाएको छ। सरुवासँगै सम्बन्धित कार्यालयहरूमा कार्यसम्पादनलाई गति दिने अपेक्षा गरिएको छ।

बिज्ञापन

लोक सेवाले प्रकाशन गरेको वरियता अनुसार स्वयं कर्मचारीलाई नै रोजाएर उनीहरूको सरुवा गरिएको मन्त्रालयले प्रशासनलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

सहसचिवको उमेद्धार योग्यताक्रमबाटै आउट

रोलक्रम भङ्ग गर्दै पोखरेल एआइजी सिफारिस, सशस्त्र प्रहरीभित्र चर्कियो असन्तुष्टि

बोहरा सहसचिवमा सिफारिस हुँदा बैकल्पिकमा परेका रिमालको भाग्य चम्कियो

सहसचिवको अन्तिम नतिजा सार्वजनिक,स्थायी नियुक्तिका लागि सिफारिस

बिशेष