प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

बालेन नेतृत्त्वको सरकारले कर्मचारीहरुका ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको भोलिपल्टै त्यसको प्रभाव देखिन थालेको छ । शुक्रवारको क्याविनेटले शासकीय सुधारसम्बन्धी १ सय कार्यसूचीमा कर्मचारीहरुका ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको पर्सीपल्टै राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी यूनियन भंग भएको छ ।

बिज्ञापन

युनियनका अध्यक्ष राजु ओलियाले नै यूनियन भंग भएको विज्ञप्ति निकालेका छन् । युनियनका अध्यक्ष राजु ओलियाद्धारा जारी सूचनामा भनिएको छ,यही चैत १५ गतेदेखि युनियन भंग भइसकेको छ।

बिज्ञापन

सूचनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी सय कार्यसूची उल्लेख गरिएको व्यवस्थालाई स्वागत गर्दै भंग गरेको उल्लेख गरिएको छ । भनिएको छ,मन्त्रिपरिषद्को निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन मिति २०८२ चैत १५ गतेबाट भंग गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ’ । सूचनामा सबै सरोकारवालालाई जानकारी दिँदै सरकारी नीतिअनुसार संगठन पुनर्संरचना अघि बढाइएको उल्लेख गरिएको छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष