आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले चलाएको सरकारी कार काठमाडौँको कलंकी चोकमा डिभाइडरमा ठोक्किएको छ।

बिज्ञापन

शनिबार (२०८२ चैत १४) दिउँसो करिब २ बजेतिर उनले चलाएको बा ७६५४ नम्बरको सरकारी गाडी कलंकी चोकस्थित कंक्रिटको डिभाइडरमा ठोक्किएको हो। सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको गाडी लिएर निस्केका भट्टको कार डिभाइडरमाथि चढेको अवस्थामा फेला परेको थियो।घटनापछि स्थानीय बासिन्दाले गाडी रोकेर चालकलाई घेरेका थिए। त्यसपछि कलंकीस्थित ट्राफिक प्रहरी घटनास्थलमा पुगेर भट्टलाई नियन्त्रणमा लिएको थियो।

बिज्ञापन

कलंकी ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजीव बस्नेतका अनुसार दुर्घटना दिउँसो २ बजेतिर भएको हो। “कार कंक्रिटको डिभाइडरमाथि चढेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो,” उनले भने।


स्थानीयहरूले चालकले मादक पदार्थ सेवन गरेर गाडी चलाएको आशंका गर्दै कारबाहीको माग गर्दै नाराबाजीसमेत गरेका थिए। तर ट्राफिक प्रहरीले गरेको परीक्षणमा भने चालकले मादक पदार्थ सेवन नगरेको देखिएको प्रहरी निरीक्षक बस्नेतले बताए।
प्रहरीका अनुसार दुर्घटनामा कारको अगाडिको भागमा उल्लेख्य क्षति पुगेको छ।

बिज्ञापन

प्रत्यक्षदर्शीहरूका अनुसार कार तीव्र गतिमा आएर डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनापछि चालकले लेन मिचेर अघि बढ्न खोजेको देखेपछि स्थानीयले घेराउ गरी रोकेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष