पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

नवनियुक्त संघीय मामिला तथा प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पदभार ग्रहण गरेकी छिन् ।

बिज्ञापन

पत्रकारिता पृष्ठभूमिबाट आएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहप्रवक्ता एवं सांसद प्रतिभा रावलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन गरी दुई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ । विशेषगरी देशभरका कर्मचारी प्रशासनको जिम्मेवारी यो मन्त्रालयमा छ । स्थानीय तहदेखि प्रदेशसम्म देखिएको कर्मचारी सरुवा र पदस्थापनको समस्या समाधान गर्नुका अलवा एक दशकदेखि आउन नसकेको संघीय निजामती सेवा ऐन ल्याउन र कर्मचारी प्रशासनमा रहेको बेथिति अन्त्य गर्न उनले नेतृत्वदायी भूमिका खेल्नुपर्नेछ । त्यसबाहेक अन्तर सरकार समन्वयलाई प्रभावकारी बनाएर सेवा प्रवाहमा एकरुपता कायम गर्ने चुनौती पनि यो मन्त्रालयलाई छ ।

बिज्ञापन

। पत्रकारिताको एक दशक लामो यात्रामा उनले साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी फोरके टीभी जस्ता सञ्चारमाध्यममा काम गरेकी थिइन् । राजनीतिक सक्रियताले उनलाई ३२ वर्षकै उमेरमा सिंहदरबारको महत्वपूर्ण जिम्मेवारीमा पुर्‍याएको हो । उनी समानुपातिकतर्फबाट सांसद बनेकी हुन । पार्टीले समानुपातिकतर्फका उम्मेदवार चयन गर्न गरेको प्राइमरी इलेक्सनमा उनी महिलातर्फ पहिलो स्थान हासिल गर्न सफल भएकी थिइन् । रावलले यस अघि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा रहेर काम गरेकी रावलले पार्टीको कानुनी र नीतिगत संकटका बेला महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै सिंहदरबार पुगेर मन्त्री रावलले पदभार ग्रहण गरे पनि उनले दुवै मन्त्रालयका कुनै पनि निर्णयमा हस्ताक्षर गरिनन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बालेन्द्र शाह नेतृत्वको सरकारलाई कर्मचारी युनियनको बधाई: संघीय निजामती ऐन र वृत्ति विकासमा जोड

यस्तो छ मन्त्रीहरुको वरियता

पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

निजामती प्रशासनभित्रका कुनै समूह वा अभियानलाई हाम्रो समर्थन छैन : रास्वपा

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

६ मन्त्रालयहरु एक आपसमा गाभिने

यी हुन बालेन सरकारका सारथी

बिशेष