एक दशकभन्दा लामो समय पत्रकारितामा बिताएर राजनीतिमा आएकी प्रतिभा रावल बालेन शाह नेतृत्वको सरकारमा मन्त्री बन्ने भएकी छिन् । रास्वपाको समानुपातिक सांसद रहेकी रावललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
बिज्ञापन
यस अघि ग्यालेक्सी लगायतका केही सञ्चारमाध्यममा काम गरेकी रावल रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा पनि काम गरिन् । रास्वपा गठन भएपछि केही महिनामै केन्द्रीय समिति बिस्तार भएको थियो । त्यही बेलादेखि उनी पनि प्रत्यक्ष रूपमा रास्वपासँग जोडिएकी हुन् ।
रास्वपा स्रोतका अनुसार,अर्थमा स्वर्णीम वाग्ले,सुधन गुरुङलाई गृह,सोबिता गौतमलाई कानुन,अमरेश कुमार सिंहलाई उद्योग,विराजभक्त श्रेष्ठलाई उर्जा मन्त्री नियुक्त हुन लागेका छन् । यस्तै परराष्ट्रमा शिशिर खनालको नाम टुगिएको छ भने भौतिम मन्त्रीमा सुनिल लम्साल नियुक्त हुँदैछन् । रास्वपाको उपसभापति डिपी अर्याललाई सभामुख बनाउने तयारी छ ।


























