मन्त्रालयको संख्या कटौती हुने भए पछि उच्च प्रशासकहरुको निदहराम

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्व लिएकै दिनदेखि प्रशासनिक संरचना आमूल परिवर्तनको कार्य प्रारम्भ गर्ने भएको छ । जसमा मन्त्रालयको संख्या कटौती गर्नेदेखि राज्यलाई अनावश्यक भार परेका विभाग, बोर्ड र समितिहरू खारेज गर्नेसम्मका निर्णय हुने भएको छ ।

बिज्ञापन

हाल केन्द्रमा मन्त्रालयको संख्या २२ वटा रहेकोमा कटौती गरेर १५ देखि १८ मा सीमित गर्ने तयारी रहेको छ । कार्यप्रगति मिल्दोजुल्दो मन्त्रालयहरु भौतिक पूर्वाधार, यातायात र सहरी विकासलाई एउटा मन्त्रालय,ऊर्जा, जलस्रोत, सिँचाइ र खानेपानीलाई अर्काे मन्त्रालय,कृषि, पशुपन्छी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई गाभेर एउटै मन्त्रालय बनाइने तयारी छ । अर्थ, उद्योग,स्वास्थ्य, शिक्षा र कृषि मन्त्रालय दुई–दुई सचिव रहँदा त्यसले कार्यभार घटाउने भन्दा पनि सचिवहरुबीचको जिम्मेवारीको सीमारेखा अस्पष्ट हुँदा अनावश्यक रुपमा फाइल अड्कने र एकले अर्काेलाई देखाएरु उन्मुक्ति लिने प्रवृत्ति बढिरहेको छ ।

बिज्ञापन

मन्त्रालयको संख्या घटाइँदा कर्मचारीहरुको दरबन्दी समेत स्वत घट्न पुग्छ । पछिल्लो समय सचिव बढुवा हुनुपर्ने लाइनमा रहेका बरिष्ठ सह सचिवहरु समेत बढुवा हुन सकेका छैनन् । एकातिर दरबन्दी कटौती,अर्काेतिर सहसचिवबाट सचिवमा उकालिएका प्रशासकहरुको व्यवस्थापन कहाँ र कसरी गर्ने ? विगतमा राजनीतिक दलका दैलो चाहरेर सदैव संघीय मन्त्रालयमा रजगज गर्दै आएका,सदैव आकर्षक कार्यालयहरुमात्र पदस्थापन हुन सफल कतिपय प्रशासकहरुको वालेन शाह सत्तामा पुग्नु अगावै निद हराम शुरु भएको छ ।  यसरी मन्त्रालयको संख्या घटाउने बहस अहिलेमात्र चलेको होइन । विगत तीन दशकदेखि विभिन्न आयोग, समिति र अध्ययन प्रतिवेदनले बारम्बार मन्त्रालय सङ्ख्या घटाउन सरकारलाई सुझाव दिँदै आएका भए पनि कार्यन्वयन हुन सकेको थिएन । सो सुझावलाई बालेनले कार्यान्वयन गर्ने भएका छन्। यसरी मन्त्रालयको संख्या घट्ने भएसँगै अहिले सचिवको जिम्मेवारीमा रहेका केही सचिव भूमिकाविहीन बन्नेमा चिन्तित रहेका छन् ।

संघीय सरकारका अर्थ र राजश्व,कृषि तथा पशुपक्षी,उद्योग,वाणिज्य मन्त्रालयमा दुई दुई जना सचिवहरु रहेका छन् । यी मन्त्रालयहरुको संख्या घटाइए वा संरचना पुनर्संरचना गरिएमा त्यहाँ कार्यरत सचिवहरु जिम्मेवारीविहिन हुनुपर्ने स्थितिले कतिपय उच्च प्रशासकहरु आफ्नो भविष्यबारे चिन्तित देखिएको बताइन्छ । उता संघीय मन्त्रालयको संख्या कटौती हुँदा प्रदेशमा कार्यरत प्रमुख सचिवहरू प्रदेशबाटै घर फर्किनुपर्ने चिन्तामा देखिन थालेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी प्रतिभा रावललाई

रास्वपाले टुंग्याउन थाल्यो मन्त्री : अर्थमा स्वर्णिम, परराष्ट्र शिशिर,गृहमा सुदन

४६ अर्बको काँकडभिट्टा–लौकाही आयोजनामा ‘महाघोटाला’ : सिडिइ जगत प्रजापतिको सेटिङमा ठेकेदारलाई अर्बौं फाइदा, अख्तियार मौन

मन्त्रालयको संख्या कटौती हुने भए पछि उच्च प्रशासकहरुको निदहराम

पहिलो क्याविनेटमै सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णय गर्दैछन् बालेन

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

बिशेष