अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

जाँदा जाँदै विवादित नियुक्तिका कारण प्रधानमन्त्री सुशीला कार्कीको चर्काे आलोचना भइरहेको छ ।

बिज्ञापन

सर्वोच्च अदालतको सूचना प्रविधि (आइटी) महाशाखामा नायब सुब्बा स्तरको कम्प्युटर अपरेटर पदमा कार्यरत आर्दश श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक संरक्षण कोषको अध्यक्ष पदमा नियुक्ति दिएर प्रधानमन्त्री कार्की आलोचना खेपिरहेकी छिन् । गत भदौ २९ गतेदेखि प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव नियुक्त भएका उनी आफ्नो नियुक्तिदेखि नै सरुवा,नियुक्ति लगायतका अनेकन रुची राख्दा उनी पटक पटक विवादमा तानिँदै आएका पात्र हुन ।

बिज्ञापन

करार सेवाका नासु तहका पिए आर्दश श्रेष्ठलाई सरकारका बहालवाला तीन सचिवभन्दा माथि रहने गरी राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष मनोनित गर्दा सो नियुक्ति विवादमा परेको थियो । तिनै आर्दशले बुधबार राती पदभार ग्रहण गरेका छन् । उनलाई कोषका सदस्य सचिव डा. नरेश सुवेदीले स्वागत गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीले यही चैत १ गते आफ्नै स्वकीय सचिव रहेका श्रेष्ठलाई कोषको सञ्चालक समितिको अध्यक्षमा ५ वर्षका लागि मनोनीत गरेकी थिइन् ।

कोषको संरक्षकको हैसियतमा प्रधानमन्त्रीले नै अध्यक्ष मनोनीत गर्नसक्ने व्यवस्था छ । कोषको संरक्षण रहेकी प्रधानमन्त्री कार्कीले अर्थ सचिव घनश्याम उपाध्याय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला र वन तथा वातावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा सदस्य रहेको उक्त कोषमा सर्वोच्च अदालतका नायब सुब्बा सरहका कर्मचारी आदर्शलाई अध्यक्षमा मनोनित गरेकी हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष