प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

राप्ती नगरपालिकामा लामो समयदेखि सम्पर्कविहीन भएका प्रमुख प्रशासकीय अधिकृतलाई मेयर शमशेर लामाले फेसबुकमार्फत् खोजी गरेका छन् ।

बिज्ञापन

राप्ती नगरपालिकाका मेयर शमशेर लामाले एक स्टाटस लेख्दै प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई कार्यालय वा सम्पर्कमा आइदिन आग्रह गरेका हुन् ।

बिज्ञापन

यस अघि प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि कार्यालय उपस्थित नभएपछि नगर प्रमुख शमशेर लामाले उपस्थितिका लागि पत्राचार गरेका हुन ।प्रधान फागुन ८ गतेदेखि कार्यालयमा अनुपस्थित भएपछि मेयर लामाले २५ गते एक सूचना जारी गर्दै २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएका थिए । त्यतिबेला उनले प्रमुख प्रशासकीय अधिकृत के कति कारणले यति लामो समय कार्यालयमा उपस्थित नहुनु भएको हो ? कार्यालयको कुन निकायलाई आधिकारिक जानकारी दिनु भई अनुपस्थित रहनु भएको हो ? सो कुराको स्पष्ट जवाफ सहित २४ घण्टा भित्र कार्यालयमा हाजिर भई नियमित कार्यालय सञ्चालनमा सहजिकरण गर्नुहुनका लागि निर्देशन गरिएको छ ।’
तर लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि नगर प्रमुख लामाले सामाजिक सञ्जालमार्फत प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई सम्बोधन गर्दै लेखेका छन्,‘घर बस्न दिक्क लाग्यो होला, अफिस आउनुस्’ ।

उनले लेखेका छन्,सुरेन्द्र प्रधान सर प्रमुख प्रशासकीय अधिकृत नमस्कार । धेरै भयो हजुर नगरपालिकामा नबस्नु भको, अब त घर बस्न पनि दिक्क भो होला । नगरका धेरै जनताका काम अपुरा छन्, नगर ठप्प भाको छ । म हजुरलाई बिन्ति गर्छु, आउनुस्, काम गर्नुस, मैले भनेका काम गर्नु पर्दैन, अहिलेसम्म गर्नु पनि भाको छैन । कानुनसँग मेल खाने काम गर्नुस् । कानुनले धेरै अधिकार तपाईं जस्तै कर्मचारीलाई दिएको छ । जनतालाई खुशी पारौँ हामी मिली । जनताका खुशी नै हाम्रो खुशी हो ।

बिज्ञापन

यसअघि पनि नगरप्रमुखले मनोमानी निर्णय अनुसार विनियोजन गरिएका बजेट भुक्तानी कागजमा हस्ताक्षर गर्न दबाब दिने भन्दै प्रमुख प्रशासकीय अधिकृतहरु हाजिर हुने बित्तिकै सरुवा माग्ने गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

सहसचिवको उमेद्धार योग्यताक्रमबाटै आउट

रोलक्रम भङ्ग गर्दै पोखरेल एआइजी सिफारिस, सशस्त्र प्रहरीभित्र चर्कियो असन्तुष्टि

बोहरा सहसचिवमा सिफारिस हुँदा बैकल्पिकमा परेका रिमालको भाग्य चम्कियो

सहसचिवको अन्तिम नतिजा सार्वजनिक,स्थायी नियुक्तिका लागि सिफारिस

बिशेष