प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर,सब इन्जिनियर,लेखापालसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर,सब इन्जिनियर,लेखापालसहित पाँच जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले सडक निर्माणमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

बिज्ञापन

आयोगका अनुसार सडक निर्माणको क्रममा निर्माण कार्य सम्झौताअनुसार सम्पन्न नभएको अवस्थामा पनि सम्पन्न भएको देखाएर झुट्टा बिल तयार गरी भुक्तानी लिएको पाइसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सब–इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी र भुमिराज कन्स्ट्रक्सनका प्रोपाइटर मानबहादुर बोहराविरुद्ध झुट्टा प्रतिवेदन तयार गरी वास्तविकभन्दा बढी काम भएको देखाएर सरकारी रकम ८ लाख ४८ हजार ९६२ रूपैयाँ २२ पैसा बराबर बढी भुक्तानी लिएको आरोप पत्र दायर गरेको हो ।

बागथला धारी डोबा सडक निर्माण कार्यमा ग्याबिन तथा मेसिनरी कार्य नगरी भुक्तानी लिएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा अनियमितता पुष्टि भएपछि मुद्दा दायर गरिएको हो । नापी किताबमा ३३८ मिटर सिँचाइ क्यानल उल्लेख भए पनि फिल्डमा २४८ मिटर मात्रै निर्माण भएको तथा ह्युम पाइप कल्भर्टसहितको मेशनरी कार्य समेत नभएको खुलेसँगै पाँचै जनाविरुद्ध ८ लाख ४८ हजार ९६२ रूपैयाँ २२ पैसा बिगो मागदाबी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष