यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बढुवा समितिको सचिवालयले उपसचिव बढुवाको संशोधित सूची सार्वजनिक गरेको छ । आयोगले गत पुस ३० मा सार्वजनिक गरेको बढुवाको सूचीमा चित्त नबुझेर केही उमेद्धार लोकसेवा आयोगमा पुगेका थिए । सोही अनुसार,लोकसेवाको निर्णय पछि नेपाल वन सेवा, जनरल फरेष्टी समूहको उपसचिव बढुवाको संशोधित सूची सार्वजनिक भएको हो ।

बिज्ञापन

बढुवा सूचना ३८ ०८२ ८३ नेपाल वन सेवा जनरल फरेष्टी समूहमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा तीन जनाका लागि बढुवा विज्ञापन खोलिएकोमा सिफारिस समितिको गत पुस २९ को निर्णय अनुसार पुस ३० मा प्रकाशित योग्यताक्रममा राम लखन ठाकुर,लोकनाथ घिमिरे,रामबाबु यादव नाम सिफारिस भएको थियो । सोही योग्यताक्रम चित्त नबुझेर केही उमेद्धार लोकसेवा आयोगमा पुगे । आयोगमा परेको उजुरी पछि आयोगको फागुन २८ को निर्णय अनुसार संशोधित सूची प्रकाशित गरिएको आयोगले जनाएको छ । संशोधित सूचीमा राम लखन ठाकुर,लोकनाथ घिमिरे,विष्णु प्रसाद न्यौपाने बढुवा भएका छन् । यस अघि बढुवा सिफारिस भएका रामबाबु यादव बढुवाबाट बाहिरिएका छन् भने बढुवामा छुटेका विष्णुप्रसाद न्यौपाने उपसचिवमा उक्लिन सफल भएका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष