पूर्व सचिवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरणमा चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेसनसहित २१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राजन पोख्रेल र प्रदीप अधिकारीसहित २१ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरेको हो । अवकाशपछि राप्रपाको राजनीतिमा सक्रिय र पार्टीको मुख्यसचिव अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।लाई अख्तियारले ४६ करोड १५ लाख बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

बिज्ञापन

अख्तियारले अधिकारीका अलवा  प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, सोही आयोजनाका उपनिर्देशक प्रवीण न्यौपाने, प्रबन्धक चाँदमाला श्रेष्ठ, विमानस्थलका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी, लेखा अधिकृत नरेन्द्रराज सैंजु, प्रमोद नेपाल, सविन फुयाल, तत्कालीन उपप्रबन्धक हिमज्योती थापा, अधिकृत राजाराम चौधरी, परामर्शदाता कम्पनी स्लाट जेभीको मुख्य काम गर्ने यमबहादुर भण्डारी, उद्धव चौलागाई, शोभेन्द्रराज जोशी, प्रमोद दवाडी र निर्माण व्यवसायी चिनिया सीएएमसी र यसको मुख्य भई काम गर्ने वाङ बो, प्रोजेक्ट म्यानेजर याङ झियाङलाई प्रतिवादी बनाइएको छ। उनीहरुलाई कसुर अनुसार छुट्टा छुट्टै सबिगो कायम गरिएको छ। चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेसनका अध्यक्ष वाङ बो तथा प्रोजेक्ट म्यानेजर याङ जियाङलाई प्रतिवादी बनाइ आयोगले ४६ करोड १५ लाख ८४ हजार ३४३ बिगो दाबी गरेको छ ।

यस्तै, परामर्शदाता कम्पनी ईआरएमसी जेभीका प्रतिनिधि यमबहादुर भण्डारी, उद्धवराज चौलागाईं, शोभेन्द्रराज जोशी र प्रमोद दवाडीलाई समेत प्रतिवादी बनाइ ६४ करोड १५ लाख बिगो मागिएको छ।

बिज्ञापन

विमानस्थलको परामर्शदाता नियुक्तिमा अनियमितता गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्दै अख्तियारले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलगायतलाई विपक्षी बनाइ मुद्दा दायर गरेको हो । चिनियाँ एक्जिम बैंकको ऋणमा बनेको यो आयोजना निर्माण सम्पन्न भइ उद्‌घाटन भएको ३ वर्ष पूरा हुँदा पनि चल्न सकेको छैन ।

पोखरा विमानस्थल अनियमिततामा अख्तियारले यसअघि मंसिर २१ गते ५ जना पूर्वमन्त्री समेतलाई विपक्षी बनाइ ८ अर्ब भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष