नयाँ सरकारका लागि तयार भयो सुशासन मार्गचित्र : यस्ता छन् समितिका मुख्य सुझाव

सुशासन मार्गचित्र अध्ययन समितिले शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय महाशाखा हेर्ने सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरेको थियो । सचिव कार्कीको संयोजकत्वमा गठित १५ सदस्यीय उच्चस्तरीय समितिले संसद्को नियमित कार्य तथा सरकार र न्यायालयमा गर्नुपर्ने सुधारका विषय समेटेर ‘गभर्नेन्स ब्लु प्रिन्ट’ तयार पारी मुख्यसचिव सुमनराज अर्याललाई भेटेर प्रतिवेदन बुझाएको हो ।

बिज्ञापन

सो समितिले विभिन्न क्षेत्रहरूलाई १४ वटा क्लष्टरमा विभाजित गरी गर्नुपर्ने सुधारका बारेमा प्रतिवेदन तयार गरी मुख्य सचिव सुमनराज अर्याललाई बुझाएको हो । जहाँ संघ–प्रदेश–स्थानीय तहबिच समन्वय, प्रदेशका मन्त्रालयको संख्या घटाउने, यस्तै प्रकृतिका सरकारी संरचनाहरू खारेज गर्ने,सरकारलाई झन्झटमुक्त, प्रविधिमैत्री र नागरिकमुखी शासन प्रणालीतर्फ रूपान्तरण गर्ने,कर प्रशासनलाई पूर्ण डिजिटलाइज गर्ने, घाटामा रहेका सार्वजनिक संस्थानहरूको पुर्नसंरचना गर्ने,कर्मचारी नियुक्ति तथा पदोन्नतिलाई पूर्ण रूपमा मेरिट र प्रतिस्पर्धामा आधारित बनाउने, नियुक्ति प्रक्रियालाई पूर्ण रूपमा मेरिटमा आधारित र पारदर्शी बनाउनुपर्ने लगायतका मुख्य सुझाव समेटिएको छ ।

बिज्ञापन

समितिका सदस्यसचिव डा भिष्म भुषालका अनुसार,कर्मचारी प्रशासन सुधारतर्फ पदस्थापन, सरुवा र बढुवा प्रक्रियालाई पारदर्शी, पूर्वानुमानयोग्य र सूचना प्रणालीमा आधारित बनाउनुपर्ने तथा कार्यसम्पादन मूल्यांकनलाई नतिजामा आधारित बनाउनुपर्ने प्रतिवेदनशमा उल्लेख गरिएको छ । सो प्रतिवेदनमा संघ–प्रदेश–स्थानीय तहबिच समन्वय संयन्त्रलाई सक्रिय बनाउने, अन्तरसरकारी समानान्तर संरचना खारेज गर्ने तथा वित्तीय हस्तान्तरण वैज्ञानिक र पारदर्शी बनाउनुपर्ने सुझाव समेटिएको छ । यस्तै, प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउने र स्थानीय सरकारलाई झन्झटमुक्त, प्रविधिमैत्री र नागरिकमुखी शासन प्रणालीतर्फ रूपान्तरण गर्नुपर्ने मार्गचित्र प्रस्ताव गरिएको छ ।

अध्ययन प्रतिवेदनमा सुधार गर्नुपर्ने क्षेत्रलाई पहिचान गरी एक हजार ७६५ वटा क्रियाकलाप समावेश गरिएको छ । जहाँ शासन प्रणाली डिजिटलाइज बनाउनेदेखि छरितो र पारदर्शी सेवा दिँदै भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई अबको सरकारले प्राथमिकता दिनुपर्ने उपाय मार्गचित्रमा छन् । यसका लागि कानुनी सुधार तथा पुराना कानुन संशोधन, दोहोरोपना हटाउने, समन्वय बलियो पार्नुपर्ने, संस्थागत सुशासन गर्नेलगायत सुझाव छन् ।

बिज्ञापन

डा भुषालका अनुसार,भ्रष्टाचार नियन्त्रणका लागि पारदर्शी, प्रविधिमैत्री र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने दीर्घकालीन दृष्टि प्रस्तुत गरेको छ ।
सेवा प्रवाहलाई सरलीकृत र प्रविधिमैत्री बनाउने, एकद्वार सेवा प्रणाली विस्तार गर्ने, सार्वजनिक सेवाका एकीकृत मापदण्ड लागू गर्ने तथा प्रदेश र स्थानीय तहको संस्थागत तथा प्राविधिक क्षमता सुदृढ गर्ने रणनीतिहरू प्रस्ताव गरिएको छ । कर्मचारी व्यवस्थापनको जटिलता, वित्तीय परनिर्भरता र कमजोर प्रशासनिक क्षमताका कारण प्रदेश सरकारले ‘डेलिभरी’ दिन नसकेको समितिको निष्कर्ष छ ।

यस्तै,तीन तहको सरकारविचको समन्वय, सहकार्य र सहअस्थित्वको अभाव रहेको देखिएकाले तीन तहको अधिकारको स्पष्ट कार्यविभाजन सहित कानुनी सुधार, सक्रियता र नियमित अन्तरसरकारी समन्वयमा जोड दिएको छ ।

अध्ययन टोलीले सार्वजनिक संस्थाहरुको कामकारवाही प्रभावहिन भएको निष्कर्ष निकालेको छ । नियुक्तीमा राजनीतिक हस्तक्षेप हुने, बारम्बार नेतृत्व परिवर्तन हुने र व्यवसायिक व्यवस्थापनको अभाव देखिएको भन्दै अध्ययन समितिले सार्वजनिक संस्थाहरुको व्यापक सुधार हुनुपर्ने सुझाव दिएको हो ।

प्रतिवेदनमा उद्योग, वाणिज्य, आपूर्ति तथा लगानीका विषयमा पनि अध्ययन गरी सुझाव दिएको छ । अनि सहकारी क्षेत्रमा वित्तिय अनुशासनमा राख्नुपर्ने र प्रभावकारी नियमन हुनुपर्ने सुझाव दिएको छ । नेपालले उच्च मूल्यका पर्यटकहरु आकर्षित गर्न नसकेको निष्कर्ष निकाल्दै अध्ययन समितिले डिजिटल मार्केटिङ र अन्तराष्ट्रिय ब्राण्डिङ कमजोर देखिएको औल्याएको हो ।

अध्ययन समितिले सार्वजनिक खरिदका चुनौती समाधान गर्न सार्वजनिक खरिद व्यवस्थापनमा व्यापक संरचनात्मक रूपान्तरण आवश्यक देखिएको ठहर प्रतिवेदनले गरेको छ । कानुनी सुधारसहित आयोजना तयारी प्रणाली सुदृढ गर्ने, संस्थागत क्षमता र खरिद विशेषज्ञता विकास गर्ने तथा विद्युतीय खरिद प्रणालीलाई योजना, बोलपत्र, सम्झौता व्यवस्थापन र भुक्तानीसम्म विस्तार गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

बिशेष