आधुनिक सार्वजनिक प्रशासन परिवर्तनशील वातावरण, द्रुत प्राविधिक विकास, र सेवाग्राहीको बढ्दो अपेक्षाले भरिपूर्ण छ। यस्ता परिस्थितिमा सरकारी संस्थाहरूलाई प्रभावकारी, उत्तरदायी र दिगो रूपमा सञ्चालन गर्न ज्ञान व्यवस्थापन (Knowledge Management) अत्यन्त आवश्यक हुन्छ। ज्ञान भनेको केवल कागजात वा तथ्याङ्क मात्रै होइन, संस्थागत अनुभव, कार्य–पद्धति, सीप, व्यवहारिक बुद्धिमत्ता, सिकाइ र व्यवस्थित प्रक्रियाहरूको सम्मिश्रण हो। यसैले ज्ञान व्यवस्थापन सार्वजनिक प्रशासनको मेरुदण्ड मानिन्छ। ज्ञान व्यवस्थापन (Knowledge Management KM ) भनेको कुनै पनि संगठन, कार्यालय वा समुदायभित्र रहेका हुने ज्ञान (Knowledge) लाई व्यवस्थित रूपमा संकलन (Capture), सुरक्षित (Store), साझा (Share), तथा उपयोग (Utilize) गर्ने प्रक्रिया हो। यसको उद्देश्य सही समयमा सही व्यक्तिलाई सही ज्ञान उपलब्ध गराई निर्णय, सेवा प्रवाह र संस्थागत क्षमता सुधार गर्नु हो।
बिज्ञापन
ज्ञानका प्रकारहरु
व्यक्त ज्ञान (Explicit Knowledge)
- कागजात, फाइल, तथ्याङ्क, प्रतिवेदन, नियम, निर्देशिका आदि।
- सजिलै लेखेर वा पढेर साझा गर्न सकिने ज्ञान।
गोप्य/अनुभवजन्य ज्ञान (Tacit Knowledge)
बिज्ञापन
- अनुभव, सीप, अन्तर्ज्ञान, कार्यकुशलता, असल अभ्यासहरु।
- व्यक्त गर्न गाह्रो तर अत्यन्त मूल्यवान ज्ञान।
- यसप्रकारका ज्ञानहरुलाई साझा गर्नु पर्ने
ज्ञान व्यवस्थापन चक्र (KM Cycle)
Knowledge Creation (ज्ञान सिर्जना)
- अनुसन्धान, अनुभव, नवप्रवर्तन, नयाँ तरिका अपनाउने।
Knowledge Capture (ज्ञान संकलन)
- दस्तावेजीकरण, बैठकका निर्णयहरु, अनुभव लेखन, सिकाइ कार्यक्रमका नोटहरु।
Knowledge Storage (ज्ञान सुरक्षित गर्ने)
- अभिलेखीकरण, Digital repository, intranet, database, cloud storage।
Knowledge Sharing (ज्ञान साझा गर्ने)
- सेमिनार, कार्यशाला, प्रशिक्षण, mentoring, communities of practice।
Knowledge Utilization (ज्ञान प्रयोग)
- निर्णय प्रक्रियामा ज्ञान प्रयोग, सुधारका कार्यहरूको थालनी।
ज्ञान व्यवस्थापनको आवश्यकता
- संगठनको संस्थागत स्मृति Institutional Memory सुरक्षित रहन्छ।
- कर्मचारी सरुवा/सेवानिवृत्ति हुँदा ज्ञान हराउँदैन।
- छिटो र सही निर्णय लिन मद्दत पुग्दछ।
- कार्य प्रक्रियामा निरन्तर सुधार (Continuous Improvement)।
- नवप्रवर्तन (Innovation) र प्रतिस्पर्धात्मक क्षमता बढ्छ।
- प्रशिक्षण तथा क्षमता विकास प्रभावकारी हुन्छ।
ज्ञान व्यवस्थापनका उपायहरू
नीतिगत उपाय (Policy Measures)
- ज्ञान व्यवस्थापन नीति , कार्यदिशा, निर्देशिका तयार गर्ने।
- ज्ञान व्यवस्थापनलाई मानव श्रोत व्यवस्थापन, प्रशिक्षण र व्यवस्थापन सूचना प्रणालीसँग आबध्द गर्ने।
प्राविधिक उपाय (Technological Measures)
- ज्ञानका सामग्री र उपकरणहरुको अभिलेखीकरण ।
- Intranet Portal
- AI-assisted Knowledge Search Tools
संस्थागत उपाय (Institutional Measures)
- ज्ञान व्यवस्थापन इकाइको स्थापना
- Communities of Practice गठन
- कर्मचारी प्रवर्द्धनमा ज्ञान व्यवस्थापन योगदानलाई मान्यता दिने
मानव संसाधन विकास (HRD )
- ज्ञान साझा गर्ने संस्कृतिको विकास गर्ने
- प्रशिक्षण, mentoring, peer-learning प्रणालीको विकास गर्ने
- Best Practices को नक्सांकन र व्यवस्थित अभिलेखीकरण गर्ने
नेपालमा ज्ञान व्यवस्थापनको सन्दर्भ
- सरकारी कार्यालयहरुमा कमजोर संस्थागत स्मृति।
- कर्मचारी सरुवा हुदा , दस्तावेजिकरण र ज्ञान साझा गर्ने प्रणाली नरहेको।
- ज्ञान व्यवस्थापन माध्यमका लागि Digital system प्रयोग गर्न सकिने।
- नीति निर्माण, निर्णय प्रक्रिया, सार्वजनिक सेवा प्रवाहमा ज्ञान व्यवस्थापन महत्वपूर्ण हुने।
सरकारी कार्यालयमा ज्ञानका प्रकारहरु
Regulatory Knowledge
- ऐन, नियम, निर्देशिका, परिपत्र, निर्णय।
Administrative & Process Knowledge
- कार्यप्रवाह (Workflow), Roles/Responsibilities, Service Standards, Templates।
Financial & Technical Knowledge
- बजेट, योजना, सार्वजनिक वित्त, सार्वजनिक खरिद ।
Institutional Knowledge
- वार्षिक प्रतिवेदन, परियोजना प्रतिवेदन, Best Practices, अनुगमन मूल्याङ्कन प्रतिवेदन ।
Tacit Knowledge (Experiential)
- अनुभूति, कार्य कुशलता, समस्या समाधान शैली, क्षेत्र वा शाखा विशेष ज्ञान।
ज्ञान व्यवस्थापन र संस्थागत स्मृति (Institutional Memory)
ज्ञान व्यवस्थापन (Knowledge Management) र संस्थागत स्मृति (Institutional Memory) एक–अर्कासँग अत्यन्त गहिरो रूपमा जोडिएका दुई महत्वपूर्ण अवधारणाहरू हुन् । विशेष गरी सरकारी कार्यालय, सार्वजनिक संस्था, वित्तीय प्रशासन, स्थानीय शासन, सार्वजनिक खरिद, राजस्व तथा नीति–निर्माणका क्षेत्रमा यसको महत्व विशेष रहने गर्दछ । ।संस्थाले लामो समयसम्म संकलन गरेको अनुभव, नीतिहरू, प्रक्रिया, दस्तावेज, सिकाइ, प्रथा, निर्णयहरू तथा पूर्व घटना–परिणामहरूको संग्रह वा यस्ता ज्ञानहरु सहकर्मीहरुवीच आदान प्रदान गर्ने प्रणाली नै संस्थागत स्मृति हो। संस्थागत स्मृति भनेको संस्थाले समयक्रममा संकलन गरेको ज्ञान, नीति, प्रक्रिया, केसहरू, निर्णयहरू, अनुभव र सीपहरूको संग्रह हो।
संस्थागत स्मृतिको महत्व
- प्रशासनिक निरन्तरता कायम रहन्छ
- पुनरावृत्ति, त्रुटि र अनावश्यक खर्च घट्छ
- नयाँ कर्मचारीले द्रुत रूपमा काम सिक्न सक्छ
- नीति निर्माण वैज्ञानिक र प्रमाणमा आधारित हुन्छ
- निर्णयगठन सुदृढ हुन्छ
- संस्थागत सुधार र नवप्रवर्तन (innovation) बढ्छ
संस्थागत स्मृतिमा समावेश हुने विषयहरु
- विगतका नीतिगत निर्णयहरू
- SOP, परिपत्रहरु, निर्देशिकाहरु
- विभिन्न तहका निर्णयहरु
- परियोजनाका सिकाइ (Lessons Learned)
- कर्मचारीहरूको व्यक्तिगत अनुभव
- संगठनका सफल–असफल अभ्यासहरू (Good Practices & Failures)
- Case studies, field learning
- विशेष अवस्थामा समस्या समाधानका लागि अपनाइएका सफलताका कथाहरु
- सामना गरिएका चुनौतीहरु
ज्ञान व्यवस्थापन र संस्थागत स्मृतिबीचको सम्बन्ध
संस्थागत स्मृति नै ज्ञान व्यवस्थापनको मेरुदण्ड हो। KM ले स्मृतिलाई व्यवस्थित, संरक्षण र समयमै प्रयोग गगर्ने तरीकामा जोड दिन्छ । ज्ञान व्यवस्थापनको उद्देश्य स्मृति नहराउने बनाउनु हो । विशेषतः नेपालजस्तो सधैजसो भैरहने स्थानान्तरण–केन्द्रित प्रणालीमा “Institutional Memory Loss” ठूलो समस्या हो। स्मृति एक्लै पर्याप्त हुँदैन KM ले त्यसलाई जीवित र चलायमान बनाउँछ। स्मृति संग्रह हो भने KM संग्रहलाई चलायमान बनाउने (Sharing, Learning, Application) माध्यम हो । KM बिना स्मृति बिखण्डित हुन्छ; स्मृति बिना KM अपूर्ण हुन्छ। कार्यालयमा देखिने मुख्य समस्या भनेको कर्मचारी सरुवा चाँडो–चाँडो हुने र यसवाट ज्ञानसँगै अनुभव पनि हराउने अवस्था रहेको छ । अभिलेखीकरण कमजोर र अद्यावधिक नहुने का।रणले व्यक्तिगत अनुभव संस्थागत स्मृति बन्न नसक्ने अवस्थाले नयाँ कर्मचारी आउँदा ‘Zero Learning’ बाट सुरु हुने अवस्था रहने हुदा संस्थागत स्मृति नहराउने बनाउन ज्ञान व्यवस्थापनको आवश्यकता देखिन्छ ।
ज्ञान व्यवस्थापन र संस्थागत स्मृतिका लाभहरु
१. नीतिगत एकरुपता कायम हुन्छ
सरुवा हुँदा नीति–नियम, निर्णय प्रक्रियामा निरन्तरता कायम हुन्छ।
२. प्रमाणमा आधारित निर्णय
अघिल्लो सिकाइ वा अनुभवलाई निर्णयमा प्रयोग गर्न सकिन्छ।
३. दक्षता बढ्छ
एउटै काममा दोहोरोपना आउदैन । लागत र समय घट्छ।
४. सेवा प्रवाहमा सुधार
जनताले छिटो र गुणस्तरीय सेवा पाउँन सक्दछन्।
५. उत्तरदायित्वमा स्पष्टता
कुन निर्णय कसबाट भएको हो सो निर्णय किन गर्नु पर्यो जस्ता कुराले उत्तरदायित्वमा स्पष्टता ल्याउंछ।
६. संस्थागत कार्यशैलीमा स्थायित्व
कर्मचारी परिवर्तनले संस्थागत ज्ञान नहराउने र संस्थागत कार्यशैलीमा स्थायित्व आउने।
तालिम ज्ञान व्यवस्थापनको माध्यम
ज्ञान सिर्जना (Knowledge Creation)
- तालिमका क्रममा प्रशिक्षक र सहभागीबीच नयाँ विचारहरू जन्मिन्छन्।
- केस स्टडी, group work, practical exercise बाट नयाँ तरिका, सुधारका उपायहरू विकसित हुन्छन्।
ज्ञान हस्तान्तरण (Knowledge Transfer)
- अनुभवी कर्मचारीले नयाँ कर्मचारीलाई सिकाउने (Mentoring)।
- तालिमबाट प्राप्त ज्ञान कर्मचारीहरू बीच फैलिन्छ।
- Organizational best practices एकै ठाउँबाट सवैमा बांड्न सकिन्छ ।
ज्ञान सुरक्षित गर्ने (Knowledge Storage)
- तालिमका सामाग्री (PPT, handouts, training notes) संस्थागत स्मृतिमा अभिलेख हुन्छ।
- तालिमका audio-video, manuals, SOP हरू डिजिटल KM Repository मा सुरक्षित गर्न सकिन्छ ।
ज्ञान साझा गर्ने (Knowledge Sharing)
- तालिम नै ज्ञान साझा गर्ने शुरुवाती थलो हो।
- सहभागीहरूले आफ्नो अनुभव सुनाउँछन्, जसले tacit knowledge सुरक्षित हुन्छ।
ज्ञानको उपयोग (Knowledge Application)
- तालिमले सिकाइलाई व्यवहारमा उतार्न प्रोत्साहित गर्छ।
- तालिमपछि कर्मचारीले कार्यालयमा SOP, guidelines, tools लागू गर्छन्।
तालिममा समावेश हुने ज्ञानका प्रकार
Explicit Knowledge (दस्तावेजीकृत ज्ञान)
- नियम, कानून, SOP, मार्गदर्शन
- Circulars, formats, templates
- ICT tools (MIS, e-GP, HRMIS, etc.)
Tacit Knowledge (अनुभवजन्य ज्ञान)
- सिकाइ (lessons learned)
- समस्या समाधान (problem-solving styles)
- नेतृत्व र निर्णय प्रक्रियाको अनुभव
- वास्तविक केस स्टडीहरू
तालिममा आधारित ज्ञान व्यवस्थापनका उपायहरु
Pre-training Capture
- सहभागीहरूको अनुभव र सिकाइ पहिले नै संकलन गर्ने।
- कार्यालयमा भएका समस्या, अध्ययन बुँदा संकलन गर्ने।
Participatory Training Method
- Group discussion
- Case presentation
- Role play
- Field reflection
यसले tacit knowledge सुरक्षित गर्छ।
Training Documentation
- PPT, Handouts, Practical guides, Case studies, Recorded sessions
Post-Training Action Plan
- सहभागीहरूले तालिमपछि का निश्चित अवधिभित्र के परिवर्तन गरे भन्ने वारे ज्ञान व्यवस्थापन समितिले ट्र्याक गर्ने।
Training Repository (KM Portal)
- Digital e-Library
- SOP, forms, training materials
- Video learning modules
Communities of Practice (CoP)
ज्ञान निरन्तर रुपमा साझा गर्ने समुदाय निर्माण र तदनुरुपको संस्कृतिको विकास गर्ने।
प्रशिक्षण संस्थाहरूलाई Knowledge Management (KM) Hub बनाउने
प्रशिक्षण संस्थाहरूलाई Knowledge Management (KM) Hub बनाउनु भनेको तिनलाई केवल तालिम दिने निकाय नभई सरकारी ज्ञान उत्पादन, संरक्षण, प्रवाह र नवप्रवर्तनको केन्द्रमा रूपान्तरण गर्नु हो। नेपालका सरकारी प्रणालीमा बारम्बारको कर्मचारी सरुवा, नेतृत्व परिवर्तन, कागजी अभिलेख व्यवस्थापनको कमजोरी, र अनुभव लेख्ने संस्कृतिको अभावका कारण संस्थागत स्मृति कमजोर छ। यस्तो अवस्थामा प्रशिक्षण संस्थाहरूलाई KM Hub बनाउन सक्नाले राष्ट्रिय प्रशासनिक ज्ञानको एकीकृत भण्डार निर्माण हुन्छ।
कर्मचारी सरुवा हुँदा ज्ञान नहराउने व्यवस्था बनाउने
- Handover–Takeover Knowledge Form अनिवार्य बनाउने
यसमा निम्न विषयहरु समावेश गर्ने
- कामको स्थिति
- अधुरो कामहरूको सूची
- प्रयोग भएका SOP/Guidelines
- सिकाइ (lessons learned)
- समस्या र समाधान
Exit Interview System
- सरुवा वा अवकाशमा जाँदा कर्मचारीको tacit knowledge capture गर्ने।
Shadowing / Overlap Period
- नयाँ कर्मचारी आएपछि केही दिन पुरानै कर्मचारीसँग बसेर काम सिकाउने।
Transfer Checklist को कार्यान्वयन
सरुवा हुँदा अनिवार्य रूपमा बुझाउनुपर्ने विवरणहरु :
- Physical files
- Digital files
- Passwords/portal access coordination
- चलिरहेका योजनाहरू
- महत्वपूर्ण पत्राचारहरू तथा प्रमुख सरोकारवालाहरुको सूची
- Pending bills, contracts
- Audit issues
- यी सवै सामग्री बुझाएपछि मात्र रमानापत्र दिने
- यी सवै सामग्री नयां कर्मचारीले पाउने व्यवस्था गर्ने
Tacit Knowledge (अनुभवजन्य ज्ञान) सुरक्षित गर्ने
- महत्वपूर्ण परियोजना/घटनापछि “के भयो? किन भयो? के सिक्यौं?” लेख्ने।
- सफल/असफल दुवै सिकाइ लेख्ने ।
- महिनामा कम्तीमा १ दिन “KM Hour” राख्ने र सिकाइहरु साझा गर्ने। महिनाको एक दिन स्टाफ मिटिंगमा यो काम गर्न सकिन्छ जहाँ कर्मचारीहरुले आ आफ्नाअनुभवहरु साझा गर्छन्।
KM e-Library को व्यवस्था गर्ने
- नियम/कानून
- नीति
- Best practice reports
- Research papers
विषय, वर्ष, कार्यालय अनुसार खोज्न मिल्ने Knowledge Search Feature बनाउने ।
संस्थागत स्मृति कायम राख्न नेतृत्व को भूमिका
- संस्थागत स्मृति कायम राख्न नेतृत्व प्रतिबद्ध हुनुपर्छ।
- KM Committee गठन गर्नुपर्छ।
- कार्य सम्पादन मूल्यांकन (Performance Evaluation) मा KM योगदान समावेश गर्नुपर्छ।
- कार्यालयको वार्षिक प्रतिवेदनमा KM प्रगति लेखिनुपर्छ।

संगठनको दिगो सफलता, संस्थागत साख अभिवृद्धि र प्रभावकारी मानव स्रोत व्यवस्थापनका लागि ज्ञान व्यवस्थापन (Knowledge Management) र संस्थागत स्मृति (Institutional Memory) महत्वपूर्ण आधार स्तम्भहरु हुन्। कुनै पनि संस्थाले वर्षौंदेखि संकलन गरेको अनुभव, कार्यपद्धति, नीति निर्णय, सिकाइ र व्यवहारिक ज्ञानलाई व्यवस्थित रूपमा संरक्षण, साझा र प्रयोग गर्न सकेमा संगठनको कार्यसम्पादन क्षमता उल्लेखनीय रूपमा बढ्छ। कर्मचारी सरुवा, अवकाश वा नेतृत्व परिवर्तन जस्ता परिस्थितिमा पनि संस्थागत ज्ञान सुरक्षित रहँदा प्रशासनिक निरन्तरता कायम रहन्छ, निर्णय प्रक्रिया तथ्य र अनुभवमा आधारित हुन्छ, र संगठनले विगतका त्रुटिहरू दोहोर्याउनु पर्दैन। यसले नयाँ कर्मचारीलाई छिटो सिक्ने वातावरण सिर्जना गर्नुका साथै संस्थामा नवप्रवर्तन, दक्षता र उत्तरदायित्वलाई पनि मजबुत बनाउँछ। परिणामस्वरूप संगठनभित्र ज्ञान साझा गर्ने सकारात्मक संस्कृतिको विकास भई मानव स्रोत व्यवस्थापन अझ प्रभावकारी हुन्छ, संस्थाको कार्यक्षमता बढ्छ र दीर्घकालीन रूपमा संस्थागत प्रतिष्ठा तथा संगठनात्मक सफलता सुदृढ हुँदै जान्छ। ज्ञान व्यवस्थापन आधुनिक सार्वजनिक प्रशासनको अपरिहार्य आवश्यकता हो। कर्मचारी सरुवा, नेतृत्व परिवर्तन, प्राविधिक परिवर्तन, सेवा प्रवाहका चुनौतीहरू, र नागरिकको अपेक्षा वृद्धि जस्ता परिप्रेक्ष्यमा ज्ञान व्यवस्थापन नितान्त आवश्यक छ। प्रभावकारी ज्ञान व्यवस्थापन प्रणालीले संस्थागत स्मृति सुरक्षित राखेर सरकारी प्रशासनलाई दिगो, सक्षम, पारदर्शी र परिणाममुखी बनाउँछ।नेपालको सार्वजनिक प्रशासनले भविष्यमा सफल, उत्तरदायी र जनमैत्री शासन प्रणाली विकास गर्नका लागि ज्ञान व्यवस्थापनलाई प्रशासनिक सुधारको कार्यसूचीमा राख्नु उपयुक्त हुन्छ ।
डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्


























