मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप लगाएका वन अधिकृत भट्ट पक्राउ

कैलालीमा कार्यरत एक डिभिजनल वन अधिकृतलाई मुख्यमन्त्रीविरुद्ध दिएको अभिव्यक्तिका कारण विद्युतीय अपराधसम्बन्धी मुद्दामा प्रहरीले नियन्त्रणमा लिएको छ।

बिज्ञापन

कैलालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई सोमबार (चैत २) जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई मन्त्रालय परिसरबाटै नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डीएसपी योगेन्द्र तिमिल्सिनाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका स्वकीय सचिव प्रयागराज खनालले दिएको उजुरीका आधारमा भट्टलाई पक्राउ गरिएको जानकारी दिए। खनालले भट्टविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा जाहेरी दिएका थिए।

बिज्ञापन

प्रहरीले पक्राउपछि भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यसअघि भट्टले केही सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा मुख्यमन्त्री शाहले आफूबाट पाँच लाख रुपैयाँ घुस मागेको र रकम नदिएपछि पूर्वाग्रह राख्दै सरुवा गरिएको आरोप लगाएका थिए। उक्त अभिव्यक्तिपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उनीसँग स्पष्टीकरण मागेको थियो।

सोही स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ। घटनापछि प्रदेश सरकार र प्रशासनिक वृत्तमा यसको चर्चा चुलिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष