अबदेखि आधा सिलिण्डर मात्रै ग्यास,उपभोक्तावादीको आपत्ति

नेपाल आयल निगमले अब आधा सिलिण्डर मात्र ग्यास बेच्ने भएको छ । मध्यपूर्वमा उत्पन्न तनावका कारण विश्वव्यापी रुपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्याँस आपूर्तिमा समस्या भएपछि निगमले आधा सिलिण्डर मात्र ग्यास बेच्ने निर्णय गरेको हो । अर्को निर्णय नभएसम्म सात दशमलव १ केजी ग्यास बिक्री गरिने निगमले जनाएको छ । आधा सिलिण्डर ग्यासको मूल्य ९५५ रुपैयाँ तोकिएको छ ।

बिज्ञापन

निगम सञ्चालक समितिको बिहिबार बसेको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हो । नेपालमा औसत दैनिक १२० बुलेट ग्यास आवश्यक पर्दछ । हाल करिब दैनिक ८० वटा बुलट मात्रै आइरहेको जनाइएको छ । सरकारले यसअघि २०७२ मा भारतले लगाएको नाकाबन्दीका बेला पनि आधा सिलिन्डर ग्यास वितरण गरेको थियो।

बिज्ञापन

यसैबीच उपभोक्ता अधिकारवादीहरुले भने यो निर्णयको घोर आपत्ति व्यक्त गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्तालाई आर्थिक भार पर्ने, आधा ग्यास लिन पनि उपभोक्ताले उत्तिकै समय खर्च गर्नुपर्छ, लाइन बस्नुपर्ने, ढुवानी खर्च पनि उति नै लाग्ने हुँदा यसले प्रति केजी ग्यासको लागत व्यावहारिक रूपमा बढाउने भएका कारण उपभोक्ता नै ठगीमा पर्ने भएका कारण सरकारको निर्णयको उपभोक्तावादीले घोर आपत्ति व्यक्त गरेका हुन ।

महर्जनका अनुसार,ग्यास उद्योगी र डिलरहरूका लागि पनि आधा भरिएका सिलिन्डर ओसारपसार गर्दा ढुवानी खर्च दोब्बर हुन जान्छ, जसको प्रत्यक्ष वा अप्रत्यक्ष असर उपभोक्तालाई नै पर्न सक्छ । यस्तै, पटक पटक सिलिन्डर साटिरहनुपर्दा र ग्यास भर्ने तथा खन्याउने प्रक्रिया छिटो छिटो हुँदा सुरक्षा सावधानीमा हेलचक्र्याइको डर रहने जनाएका छन् । निगमको निर्णय समस्याको समाधान नभइ अहिले बजारमा भइ रहेको कृतिम अभाव र कालोबजारी नियन्त्रणमा कडाइका साथ लाग्ने र सरकारले आयात सहज बनाउने र विद्युतको प्रयोग बढाउन प्रोत्साहन गर्ने तिर पनि ध्यान दिनु जरुरी रहेको उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।

बिज्ञापन

यस्तै अर्काे उपभोक्तावादी माधव तिमिल्सिनाले समेत आधा सिलिन्डर ग्यास वितरण गरिँदा उपभोक्ता ठगिन सक्नेतर्फ बढी सजग हुनुपर्ने बताएका छन् । पूरा भरिएको सिलिन्डरमा १४ दशमलव २ किलो ग्यास हुन्छ । आधा ग्यासमा ७ दशमलव १ किलो ग्यास हुनुपर्ने भए पनि आधा ग्यासका नाममा उपभोक्ताहरुमाथि ठगी हुनेतर्फ सजग हुनुपर्ने औल्याएका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

कागजमा मात्र ९३ प्रतिशत प्रगति,सचिव र डिजीको कार्यसम्पादनबाट मन्त्री रुष्ट

अबदेखि आधा सिलिण्डर मात्रै ग्यास,उपभोक्तावादीको आपत्ति

यस्तो बन्दैछ वालेन क्याविनेट,सामान्य प्रशासनमा ढकालको चर्चा

अर्थमन्त्री खनाललाई राष्ट्रियसभामा मनोनित गरिने ‘च्याप्टर क्लोज’

आयल निगममा कार्यकारी निर्देशक चण्डिकाको मनपरी: अख्तियारको अनुसन्धान पनि अन्तिम चरणमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बिशेष