पालिकाका कर्मचारीसँग नक्कली शैक्षिक प्रमाणपत्र,अख्तियारले चलायो भ्रष्टाचार मुद्धा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा तनहुँको देवघाट गाउँपालिकामा कार्यरत एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
पालिकाका सामाजिक परिचालक, सरसफाई सुपरीवेक्षक र उत्प्रेरक संयोजक होमबहादुर भारतीविरुद्ध मुद्दा चलेको हो । नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको भन्ने उजुरीका आधारमा गरिएको अनुसन्धानपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

बिज्ञापन

भारतीले माध्यमिक शिक्षा तह (एसएलसी) को झुट्टा प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आयोगले जनाएको छ । अनुसन्धानबाट भारतीले देवघाट गाउँपालिका कार्यालयमा सामाजिक परिचालक, सरसफाइ सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा नियुक्ति पाउन तथा सो पदमा बहाल रहन एसएलसी तहको २०५५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको आयोगले जनाएको छ । आयोगका अनुसार उनले सोही नक्कली प्रमाणपत्रका आधारमा ती पदमा कार्य गर्दै राष्ट्रसेवकको हैसियत, लाभ र सुविधा प्राप्त गरेका थिए ।

बिज्ञापन

उक्त कार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुर ठहर हुने भन्दै भारतीविरुद्ध सोही ऐनअनुसार कैद र जरिवानाको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा बिहीबार आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ। अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवको खर्च अधिकार रोक, सचिव आधा घटाऊ

चण्डीकाको अनेकन चर्तिकला : प्राविधिक दरबन्दी रहेको अमलेखगञ्जमा कसरी पुगे प्रशासनका प्रलयंकर ?

पालिकाका कर्मचारीसँग नक्कली शैक्षिक प्रमाणपत्र,अख्तियारले चलायो भ्रष्टाचार मुद्धा

बजारमा ग्यासको हाहाकार,आयल निगमलाई प्रतिवादी बनाएर सर्वाेच्चमा रिट दायर

आज पनि नबस्ने भयो क्याविनेट,दर्जनौं प्रस्ताव होल्ड

प्रत्यक्ष निर्वाचित सांसदबाटै मन्त्री बनाइने,मन्त्रालयको संख्या घटाइने

चुनाव जित्नेको भन्दा हार्नेहरुको खर्च धेरै

८ मन्त्रालय र ७०१ कर्मचारी दरबन्दी कटौतीको प्रस्ताव,कार्यन्वयन भए बार्षिक ४८ करोड बचत

बिशेष