ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह

नेपाल आयल निगम ले पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आवश्यक परिमाणमा मात्र खरिद र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ।

बिज्ञापन

निगमले बुधबार विज्ञप्ति जारी गर्दै सामान्य अवस्थामा मासिक एक सिलिन्डर ग्यास खपत हुने उपभोक्ताले अनावश्यक रूपमा थप सिलिन्डर भर्ने वा भण्डारण नगर्न आग्रह गरेको हो। साथै ग्यासको सट्टा सम्भव भएसम्म विद्युत् प्रयोग बढाउन पनि निगमले अनुरोध गरेको छ।

बिज्ञापन

नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रूपमा आयातमा निर्भर रहेको उल्लेख गर्दै निगमले खपत व्यवस्थापनका लागि सुरक्षात्मक प्रबन्ध आवश्यक भएको स्पष्ट पारेको छ।

निगमका अनुसार अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको पाइएमा, बढी मूल्य लिएर ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएमा वा नयाँ सिलिन्डरको अनधिकृत बजारीकरण गरेको पाइएमा कारबाही गरिनेछ।

बिज्ञापन

विज्ञप्तिमा औद्योगिक क्षेत्रमा पनि पेट्रोलियम पदार्थ तथा ग्यासको खपत घटाउन आग्रह गरिएको छ। हाल इन्धन तथा एलपी ग्यासको आयात र बिक्री वितरणको अवस्था नियमित रहेको र आगामी दिनमा पनि निरन्तर रहने निगमले जनाएको छ।

तर मध्यपूर्व क्षेत्रमा देखिएको समस्याले विश्व बजारमा प्रभाव पार्न सक्ने सम्भावना रहेकाले त्यसको असर नेपालमा पनि पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यक मात्रामा मात्र इन्धन तथा ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न निगमले उपभोक्तालाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

बिशेष