रास्वपाको जितसँगै कर्मचारी संगठनमा हलचल : संगठनका जिल्ला सचिव मैनालीको राजीनामा

झापा – नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन झापा जिल्ला कार्यसमितिका सचिव उदय मैनालीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले फेसबुकमार्फत प्रकाशित बयानमा सुशासनको पहिलो सर्त राजनीतिक लम्पसारवादबाट मुक्त प्रशासन रहेको उल्लेख गर्दै आफूले पेशागत हित, राज्य र संविधानको भावना अनुरुप व्यवहारिक सुधारको पक्षमा अघि बढ्न लागेको बताएका छन्।

बिज्ञापन

उदय मैनालीका अनुसार समय र जनचाहनाले ठुलो र फराकिलो छलाङ मारेको छ, र त्यसको मागअनुसार संगठनमा सुधार र पेशागत दृष्टिकोण स्थापित गर्न आजको मितिबाट राजीनामा दिएका हुन्। उनले भनेका छन्, “संगठन आँफैमा कहिल्यै गलत नहुने भए तापनि संगठनका परिचालकहरूले निरन्तर संगठनको छवि धमिल्याउँदै जनमानसमा आशा पुर्याउन नसकेको ठम्याइ छ।”

बिज्ञापन

मैनालीले आफ्नो राजीनामा साँघातिक दृष्टान्तको रूपमा प्रस्तुत गर्दै संगठनमा नैतिकताको खडेरीलाई इंगित गरेका छन्। उनले लेखेका छन्, “मेरो यो सानो प्रयासले दृष्टान्तको काम गरोस् भन्ने अपेक्षा छ। साँगठनिक जीवनमा रहँदा साथ, सहयोग र शुभेच्छा दिने सबै साथिहरूमा हृदयदेखि धन्यवाद व्यक्त गर्दछु।”

उदय मैनालीको राजीनामा सन्देशले संगठनभित्र सुधार र नैतिक प्रशासनको आवश्यकता सम्बन्धी बहसलाई थप तातो बनाउने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष