कर्मचारीको सेवासुविधा दोब्बर नगरे प्रशासन चल्दैन : पन्थी

सरकारले कर्मचारीको विश्वास र साथ लिन सके मात्र प्रभावकारी काम गर्न सक्ने बताएका छन्। श्रीकृष्ण पन्थीले कर्मचारीको मनोबल उच्च बनाउन र प्रशासनिक प्रणाली सुधार गर्न सरकारले ठोस कदम चाल्नुपर्ने बताएका हुन्।

बिज्ञापन

त्रिभुवन विश्वविद्यालय का उपप्राध्यापक तथा शिक्षा तथा नवप्रवर्तन अनुसन्धान केन्द्र (CERID) का अनुसन्धाता पन्थीले इमानदार कर्मचारीको अवस्था कमजोर बन्दै गएको भन्दै सेवासुविधा कम्तीमा दोब्बर वृद्धि गरेर मनोबल बढाउन आवश्यक रहेको बताए।  उनका अनुसार कर्मचारीको सरुवा र बढुवा प्रणालीलाई अनुमानयोग्य र पारदर्शी बनाइनुपर्छ। साथै कार्यसम्पादनका आधारमा वैज्ञानिक मूल्याङ्कन, पुरस्कार र दण्डको व्यवस्था लागू गर्नुपर्ने उनको भनाइ छ।

बिज्ञापन

पन्थीले प्रशासनमा राजनीतिक हस्तक्षेप कम गर्न दलीय ट्रेड युनियनहरू खारेज गर्नुपर्ने सुझाव दिएका छन्। कार्यालय प्रमुखसँग सेवा करार गरेर कर्मचारीलाई बढी जवाफदेही र पारदर्शी बनाउनुपर्ने उनको धारणा छ।

उनले कमिशन माग्ने वा भ्रष्टाचारमा संलग्न कर्मचारीलाई तुरुन्त बर्खास्त गर्नुपर्ने पनि बताएका छन्। साथै कर्मचारी प्रशासन र विकास प्रशासनलाई अलग गरेर कामको प्रभावकारिता बढाउन सकिने उनको भनाइ छ।त्यसैगरी ऐन–कानुन संशोधन गरी विकास र सुशासनमैत्री बनाउनुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको पद र सेवाक्षेत्रबीच समन्वय मिलाउनुपर्ने उनले बताए।

बिज्ञापन

सार्वजनिक सेवाप्रवाहलाई डिजिटल प्रविधिमा आधारित बनाउँदै छिटोछरितो र सहज बनाउन सके नागरिकले प्रत्यक्ष लाभ पाउने पन्थीको धारणा छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष