प्रधानमन्त्री कार्यालयद्धारा ‘रिजेक्ट’ खरेललाई पुन: सचिवमा सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले यस अघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रिजेक्ट भएका मुरारी खरेलको नाम नै सचिव नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

बिज्ञापन

आयोगको आइतबार बसेको बैठकले यस अघि नै प्रधानमन्त्री कार्यालयले अस्वीकत गरेका खरेललाई नै सचिव नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। सामन्यता अयोगले सचिव बढुवा सिफारिस गरेपछि मन्त्रिपरिषद्ले अस्वीकार गर्दैन। तर, मानव अधिकार आयोगको सिफारिस शंकास्पद देखिएपछि प्रधानमन्त्री कार्यालयले त्यसलाई अस्वीकृत मात्र गरेको छैन । पारदर्शी ढंगले सिफारिस गरेर पठाउन पत्रै काटेको छ । आयोगले झण्डै ३३ महिनादेखि कायममुकायम सचिवको समेत जिम्मेवारी सम्हालिरहेका मुरारी खरेललाई सचिव बढुवाका लागि सिफारिस गरेको थियो । सामान्यतया कायममुकायम पद बढीमा ६ महिनाका लागि दिइन्छ, तर उनी तीन बर्ष पुग्न लाग्यो कामूका रुपमा काम गरिरहेको ।
यस अघि नै आयोगका पदाधिकारीहरु नै सचिव नियुक्तिको सबालमा विभक्त भएका थिए । आयोग अध्यक्ष तपबहादुर मगर, सदस्यहरू डा. सूर्यप्रसाद शर्मा ढुंगेल, मनोज दुवाडी खरेललाई सचिव बनाउने पक्षमा छन् भने मिहिर ठाकुर र लिली थापा त्यसको विपक्षमा । सचिव हुने लाइनमा मुरारीप्रसाद खरेल, यज्ञप्रसाद अधिकारी र डा टीकाराम पोखरेल गरी तीन जना उम्मेदवार रहेकोमा आयोगले खरेललाई सिफारिश गरेको थियो ।

बिज्ञापन

आयोगले खरेलको नाम एकल सिफारिस गरेर पठाएसँगै प्रधानमन्त्री कार्यालयले अस्वीकृत गर्दै सिफारिस गर्दा पारदर्शी, विवादरहित, योग्यता प्रणालीको अनुकूल र कानूनबमोजिम नभएको भन्दै अर्को सिफारिस गर्न पत्र काटेको भए पनि आयोगले फेरि उनै खरेललाई सचिव बढुवाका लागि सिफारिस गरेको हो ।खरेलको सिफारिस पछि आयोगका आयुक्तहरु नै दुई कित्तामा विभक्त भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

बिशेष