लाङटाङको मतपेटिका आजै हेलिकप्टरमार्फत धुन्चे ल्याइने तयारी

रसुवा — गोसाइकुण्ड गाउँपालिका–४ स्थित लाङटाङ सामुदायिक भवन मुण्डुमा रहेको मतदान केन्द्रको मतपेटिका आजै हेलिकप्टरमार्फत सदरमुकाम धुन्चे ल्याउने तयारी गरिएको छ।

बिज्ञापन

सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार मौसमले साथ दिएमा मतपेटिका आजै हेलिकप्टरमार्फत सुरक्षित रूपमा धुन्चे ल्याइने व्यवस्था मिलाइएको हो।

बिज्ञापन

दुर्गम भौगोलिक अवस्थाका कारण स्थलमार्गबाट मतपेटिका ढुवानी गर्न कठिन हुने भएकाले हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको उनले बताए।

निर्वाचन सम्पन्न भएपछि मतपेटिकालाई कडा सुरक्षा व्यवस्थासहित मुण्डुस्थित मतदान केन्द्रमा राखिएको छ। मौसम अनुकूल रहेमा मतपेटिका आजै सदरमुकाम ल्याइने र त्यसपछि आवश्यक प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ।

बिज्ञापन

लाङटाङ क्षेत्र दुर्गम हिमाली भूभागमा पर्ने भएकाले निर्वाचन सामग्री ढुवानी तथा मतपेटिका व्यवस्थापनका लागि हवाई सेवाको सहारा लिनुपर्ने अवस्था रहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष