राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न

काठमाडौं — राष्ट्रिय सुरक्षा परिषद् को ४२ औँ बैठक आज सिंहदरबारस्थित सचिवालयमा सम्पन्न भएको छ। बैठकमा सम्माननीय प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष सुशीला कार्की को अध्यक्षता रहेको थियो।

बिज्ञापन

बैठकमा माननीय अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री (आमन्त्रित सदस्य), मुख्य सचिव तथा प्रधान सेनापतिसहित उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

बिज्ञापन

बैठकले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको विस्तृत समीक्षा गरेको छ। परिषद्ले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकाल्दै मतदान निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न गर्न सम्बन्धित सुरक्षा निकायहरूलाई थप प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय गरेको जनाएको छ।

त्यसैगरी, बैठकमा राष्ट्रिय सुरक्षामा देखिन सक्ने सम्भावित चुनौतीहरू, राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पछिल्ला घटनाक्रमले पार्न सक्ने प्रभावबारे पनि छलफल भएको छ। सुरक्षा निकायहरूबीच समन्वय मजबुत पार्दै मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न भावी रणनीति तय गर्ने विषयमा समेत गम्भीर विचार–विमर्श गरिएको परिषद्का सदस्य–सचिव तथा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिएका छन्।

बिज्ञापन

परिषद्को बैठकले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधार मानेर त्यसको विश्वसनीयता कायम राख्न सम्पूर्ण संयन्त्र उच्च सतर्कतामा रहने स्पष्ट गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष