ड्युटीमा खटिएका कर्मचारीको निधन

सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा ड्युटीमा खटिएका एक स्वास्थ्यकर्मीको निधन भएको छ। निर्वाचनको जिम्मेवारी निर्वाह गरिरहेका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतो अचानक बेहोस भएपछि अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

बिज्ञापन

 

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहटको माधव नारायण नगरपालिका–६ स्थायी घर भएका महतो हाल सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत थिए। मंगलबार दिउँसो करिब २ बजे मतदान केन्द्रमै उनी एक्कासि लडेपछि सहकर्मीहरूले तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएका थिए। अस्पताल पुर्‍याएको झण्डै आधा घण्टापछि चिकित्सकले उनको निधन भएको पुष्टि गरेका हुन्।

 

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार घटनाबारे जानकारी प्रादेशिक अस्पताल मलंगवाबाट प्राप्त भएको हो। जिगडवा आधारभूत विद्यालयस्थित उक्त मतदान केन्द्र सदरमुकामबाट करिब १० किलोमिटर पूर्वमा पर्छ।मृत्युको कारणबारे हालसम्म यकिन विवरण सार्वजनिक भएको छैन। पोस्टमार्टम प्रतिवेदनपछि मात्र वास्तविक कारण खुल्ने चिकित्सकहरूले बताएका छन्। महतोको शव प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ भने परिवारलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ।

 

निर्वाचनको संवेदनशील जिम्मेवारी पूरा गर्दै गर्दा एक स्वास्थ्यकर्मीको असामयिक निधन भएपछि स्थानीय स्तरमा शोकको वातावरण बनेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीको उमेर हद ५५ बनाउन लागिएको हो ? सामान्य,कानुन,अर्थका अधिकारीको जबाफ ‘मिडिया ट्याल भइराछ’

२३ उपसचिवको सरुवा,१४ लाई पठाइयो नगरपालिका

प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै

दुई सातामै ३ हजार ५ सय कर्मचारी कारवाहीमा

औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी

नायब सुब्बाको बढुवा दरखास्तको म्याद थप

२४ घण्टाभित्रै सवारी साधनको विवरण उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

ओएनएमको राष्ट्रिय मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत,यस्ता छन् अरु सात निर्णय

बिशेष