सरुवाको भोलिपल्टै सहसचिवले दिए सेवाबाटै राजीनामा

अस्तिको क्याविनेटबाट सरुवामा परेका एक सहसचिवले दुई दिन पछि नै पदबाट राजीनामा दिएका छन् । गत मंगलबारको मन्त्रिपरिषद्को बैठकले २३ जना सहसचिवको सरुवा गरेको थियो । जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका १९ जना सहसचिवहरुका साथैं अन्य चार सहसचिवहरुको सरुवा गरेको हो । यसरी सरुवा हुँदा ५ लाई महानगर तथा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,पाँच जनालाई विभिन्न प्रदेशस्थित प्रदेश प्रमुखको कार्यालयमा सचिवका रुपमा खटाइएको छ । तीन जना सहसचिवहरु सिधै गृहमा भित्रन सफल भएका थिए एक सहसचिव सामान्यको अतिरिक्तमा तानिएका थिए । यसरी सामान्यको अतिरिक्तमा तानिएको भोलिपल्टै ती सहसचिवले पदबाट राजीनामा दिएका हुन ।

बिज्ञापन

नेपाल प्रशासन सेवाका सह सचिव कमानसिंह खत्रीलाई राष्ट्रिय दलित आयोगबाट संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएको थियो । यसरी अतिरिक्त समूहमा तानेको भोलिपल्टै उनले निजामती सेवाबाटै राजीनामा दिएका हुन । ०८० माघ ३ गतेदेखि सहसचिव पदमा कार्यरत कमानसिंह खत्रीले घरायसी कारण देखाउँदै सेवाबाट राजीनामा दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

बिज्ञापन

०५५ साउन १२ गतेदेखि नेपाल प्रशासन सेवाको लेखा अधिकृतका रुपमा स्थायी नियुक्ति लिएका उनले २०८२ फागुन १४ गते राजीनामा दिएका छन्। निजामती सेवामा २८ बर्स १० महिना १३ दिन बिताएर उनले सरकारी सेवालाई विट मारेका हुन । उसो त पछिल्लो समय निजामती सेवामा राजीनामा दिने कर्मचारीको लर्को लागेको छ ।

गत १ मंसिरदेखि लागू हुने गरी प्राविधिक तर्फका सहसचिव इ गणेशराज वस्तीले सेवाबाटै राजीनामा दिए । सो को साता दिन नबित्दै सहसचिव प्रेमकुमार सिंहले राजीनामा दिएका छन् । सिंह उर्जा मन्त्रालय अन्तर्गत रहेको पानीजहाज कार्यालयमा कार्यरत थिए । पछिल्लो समय सेवा अवधि बाँकी हुँदै उच्च प्रशासकहरु राजीनामा दिदै हिड्न थालेका छन् । यस अघि सचिवद्वय डा टेकराज घिमिरे र भरतमणि सुवेदी तथा सहसचिवहरू रमेश शर्मा पौडेल र रामगोविन्द अर्यालले अवकाशभन्दा अगाडि नै राजीनामा दिएका हुन् ।
यस्तै सचिव भरतमणि सुवेदीले सचिव पदबाट राजीनामा दिएका थिए । मुख्य सचिव बन्ने लाइनमा रहेका उनले चार महिना सेवा अवधि बाँकी छँदै हठात पदबाट राजीनामा दिएका कारण समुन अर्याललाई मुख्य सचिव हुने बाटो सहज भयो । गत बर्षमात्र मुख्य सचिव बन्नबाट बञ्चित भएका तोयनारायण ज्ञवालीले पदबाट राजीनामा दिएका थिए ।

बिज्ञापन

यस्तै अघिल्लो बर्षमात्र नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका थिए । उनी ५८ वर्षीय उमेर हदले अवकाश पाउनु पाँच महिना अगावै पदबाट राजीनामा दिएका थिए । सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । उनी अघि संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका थिए । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका थिए । यस्तै अघिल्लो बर्ष उर्जा सचिव दिनेश कुमार घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले महिना दिन अगावै सचिव पदबाट राजीनामा दिएका थिए ।

यसरी राजीनामा दिने मध्ये केही पेन्सनका लोभमा दुई चार दिन अगावै राजीनामा दिन्छन् भने केहीले लगतै अर्को नियुक्ति खानका लागि राजीनामा दिने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बजेट लेखन टिमले पायो पूर्णता,पाण्डेय र लम्साल नियुक्त

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

बिशेष