निर्वाचनमा २ लाख २१ हजार कर्मचारीलाई खटाइँदै

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर पाँच लाख ६१ हजार ८९० कर्मचारी खटिँदै छन् । निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनका लागि मुलुकभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरिएका छन् । जसमा २३ हजार ११२ निर्वाचन केन्द्र छन् । ती केन्द्रको व्यवस्थापन गर्न निजामतीतर्फका कर्मचारी मात्रै दुई लाख २१ हजार खटिँदै छन् ।

बिज्ञापन

त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना गरी तीन लाख ३८ हजार ८९० जना खटिँदै छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र उनीहरुले मत हाल्न पाउनेछन् । त्यसका लागि १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा कर्मचारी खटाइने भएको हो ।

बिज्ञापन

यस्तै निर्वाचन आयोगका अनुसार,हालसम्म मुलुकभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरेको छ । जसमा निर्वाचन केन्द्र २३ हजार ११२ निर्धारण भएका छन् । तर, सुरक्षा संयन्त्रले मुलुकभर ११ हजार ९०१ क्षेत्रलाई निर्वाचनस्थल मानेको छ । अतिसंवेदनशील निर्वाचनस्थलको संख्या ४६ सय १४ पुगेको छ । यस्तै चार हजार ४४२ मतदानस्थल सुरक्षा चुनौती विश्लेषणका आधारमा संवेदनशील सूचीमा राखिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरुवाको भोलिपल्टै सहसचिवले दिए सेवाबाटै राजीनामा

जब पूर्व सचिवको नातेदारलाई एक तह बढुवा गरी निर्वाचनमा खटाइयो

अध्यागमनको आग्रह : विदेश भ्रमणअघि स्व–घोषणा फाराम अनिवार्य रूपमा भरेर मात्र आउनू

निर्वाचनमा २ लाख २१ हजार कर्मचारीलाई खटाइँदै

होलीमा भेला हुन र चुनावी प्रचार गर्न प्रतिबन्ध

सरकारी कारोबारमा हुने ‘एकाउन्ट पेयी’ चेकको प्रयोगमा नयाँ व्यवस्था

अर्थका चार कर्मचारी लेखा परीक्षण अधिकारीमा बढुवा सिफारिस

निर्वाचनकै मुखमा लमजुङका सिडिओ निलम्बित

बिशेष