सरकारले २३ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाएको छ ।
बिज्ञापन
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले हालै उपसचिवबाट सहसचिवमा बढुवा भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका १९ जना सहसचिवहरुका साथैं अन्य चार सहसचिवहरुको सरुवा गरेको हो । जसमा शिक्षा मन्त्रालयको सरुवा तथा कामकाजमा खटाइएको हो ।
जस अनुसार,नेपाल प्रशासन सेवाका १९,नेपाल विविध सेवाका १ र नेपाल शिक्षा सेवाका ३ जना सहसचिवहरुमध्ये ५ लाई कामकाजका लागि स्थानीय तहमा खटाइएको छ ।सरुवाको सूची अनुसार सामान्यको अतिरिक्त समूहमा रहेका १९ जना सहसचिवहरुलाई जिम्मेवारी दिएर खटाइएको हो भने बाँकी ४ सहसचिवहरु सरुवा भएका छन् । यसरी सरुवा हुँदा ५ लाई महानगर तथा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,पाँच जनालाई विभिन्न प्रदेशस्थित प्रदेश प्रमुखको कार्यालयमा सचिवका रुपमा खटाइएको छ । तीन जना सहसचिवहरु सिधै गृहमा भित्रन सफल भएका छन् ।
प्राप्त सूची अनुसार एकनारायण शर्मालाई राष्ट्रपतिको कार्यालयमा खटाइएको छ भने झनक कुमार खत्रीलाई राष्ट्रिय दलित आयोगको सचिव,हिरालाल चौधरीलाई प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेशको सचिव,कृष्ण प्रसाद खनाललाई गृहमा लगिएको छ । उनीझै गृहमा पुगेका सहसचिवहरुमा खडानन्द अधिकारी र डिजन भट्टराई रहेका छन् ।
यस्तै,तीर्थराज राईलाई धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,मानबहादुर राईलाई नेपालगञ्ज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ । यस्तै रेशमलाल कँडेललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ । महेश पराजुलीलाई इटहरी उपमहानगरपालिका,जनकराज भट्ट धनगढी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ ।
सरुवाको सूची अनुसार, राजन राईलाई लोकसेवा आयोग,प्रेमबहादुर दौत्याललाई प्रदेश प्रमुखको कार्यालय,सुदूरपश्चिममा खटाइँदा सुकदेव प्रसाद वाष्कोटा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,नारायण प्रसाद दाहाललाई प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेश,युगराज पाण्डे प्रदेश प्रमुखको कार्यालय लुम्बिनी प्रदेश,गोकुल बास्तोला लोकसेवा आयोगमा पुगेका छन् । यस्तै, प्रदेश प्रमुखको कार्यालय गण्डकीमा विजय रानामा खटाइँदा सञ्चारमा मनिष भट्टराई,कृष्ण जिसीलाई लोकसेवा आयोग,दिनेश घिमिरेलाई सामान्य प्रशासन मन्त्रालय,कमान सिंह खत्री सामान्यको अतिरिक्त समूह र रमेश मैनालीलाई भाषा आयोगमा खटाइएको छ ।

























