चुनावी प्रचारमा लाग्ने कर्मचारी र शिक्षकलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले शिक्षक, प्राध्यापक र कर्मचारीहरू नै निर्वाचन आचारसंहिता विपरीत कुनै दल तथा उम्मेदवारको चुनाव प्रचारमा लागेको गुनासो आएको यस्ता गतिविधिमा संग्लग्न कर्मचारी र शिक्षकहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

बिज्ञापन

निर्वाचन आचारसंहिताको दफा (१०) मा कार्यक्रम वा सभा, प्रचारमा संलग्न हुन नपाइने उल्लेख रहेको स्मरण गराउँदै आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीहरू राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन् ।

बिज्ञापन

शिक्षा ऐन, २०२८ को दफा १६७ को उपदफा (५) को खण्ड (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने व्यवस्था रहेको छ। यस्तै, निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (क) मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र ऐ दफाको खण्ड (ग) बमोजिम कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सवारीसाधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन, कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था रहेको छ।’आचारसंहिताको व्यवस्था प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा ऐ आचारसंहिताको दफा ४८ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

आयोगले प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको हो ।

बिज्ञापन

आचारसंहिताको पूर्ण पालना गर्नु सरोकारवाला पक्षहरूको दायित्व रहेको र सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएको विषयमा आयोगले अनुगमन गरिरहेको भन्दै केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भनी आयोगमा उजुरी तथा गुनासो समेत प्राप्त भएको उल्लेख गर्दै आयोगले सम्बन्धित सबै पक्षलाई सचेत गराएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बालेन सरकारविरुद्ध पाँच लाख श्रमिक सडकमा उतार्ने अध्यक्ष ढकालको चेतावनी

मूल्यवृद्धिको मारमा उपभोक्ता: बिचौलिया, मिलेमतो र कमजोर राज्य नियमनको घातक चक्र

बिशेष