धादिङको चरौंदी नजिकैबाट त्रिशूलीमा बस खस्दा १७ यात्रुको मृत्यु, केहीको उद्धार हुँदै

धादिङमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

बिज्ञापन

बेनीघाट रोराङ गाउँपालिका–स्थित चरौंदि नजिक आज बिहान भएको बस दुर्घटनामा कम्तीमा १७ जना यात्रुको ज्यान गएको पुष्टि भएको छ। मृत्यु हुनेमध्ये ४ महिला र १३ पुरुष रहेका छन्। मृतकमध्ये एक जना विदेशी नागरिक समेत रहेका छन्।

बिज्ञापन

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस सडकबाट अनियन्त्रित भई त्रिशुली नदी किनारमा खसेको हो। दुर्घटना चरौंदि क्षेत्रमा भएको प्रहरीले जनाएको छ।

 अहिलेसम्म १७ वटा शव निकालिएको छ। घाइतेहरूको उद्धार कार्य जारी रहेको र मृतक तथा घाइतेहरूको पहिचान खुलाउने काम भइरहेको बताइएको छ।

बिज्ञापन

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। सडकको अवस्था, बसको गति तथा प्राविधिक पक्षबारे समेत जाँच भइरहेको छ।

थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष