सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

नेपाल सरकारका सचिव डा रामप्रसाद घिमिरे अनिवार्य अवकाशमा गएका छन् । उद्योग मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनको विदाई गरिएको छ । भोलिदेखि उनी अनिवार्य अवकाशमा जाने भए पनि भोलि शनिवार परेका कारण मन्त्रालयमा आज उनको विदाइ कार्यक्रम राखिएको थियो । ०७८ साउन ४ गते सचिवमा बढुवा भएका घिमिरे यस अघि अर्थ मन्त्रालय, राजस्व सचिव राष्ट्रपति कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका जिम्मेवारी सम्हालेका थिए । यस्तै उनी केही समय कोशी प्रदेशमा रहेर समेत कार्यसम्पादन गरेका थिए ।

बिज्ञापन

घिमिरेसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,महालेखा नियन्त्रकको कार्यालय, राष्ट्रिय योजना आयोग, पर्यटन मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा रहेर समेत सेवा गरेका थिए । यस्तै मधेश प्रदेश र गण्डकी प्रदेशको सचिव समेत बनेर काम गरे उनी नीति, अनुसन्धान र योजनामा दख्खल राख्ने र कम विवादित प्रशासक हुन ।

बिज्ञापन

अब चालु आर्थिक बर्षमा अरु पाँच सचिवहरु घर जाँदैछन । उद्योग सचिव डा रामप्रसाद घिमिरे अनिवार्य अवकाशमा गएका छन् । चालु आर्थिक बर्षको फागुन महिनामा १,चैत्र महिनामा २ र असार महिनामा दुई सचिव अनिवार्य अवकाशमा जाँदैछन् ।

यही महिनाको २३ गते सचिव डा हरिप्रसाद लम्साल,चैत्र ८ मा भौतिक सचिव केशव शर्मा विडारी,चैत्र १४ मा दिपककुमार खराल,असार २० मा मधुसुदन बुर्लाकोटी र २३ असारमा कृष्णहरि पुष्कर कर्ण अनिवार्य अवकाशमा जाँदैछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष