११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

नेपालको प्रशासनिक इतिहासमा एकै पटक ११ जिल्लाको नेतृत्व महिलाहरुले गरिरहेका छन् । गृह मन्त्रालयका अनुसार विभिन्न पाँच जिल्लाको नेतृत्व सहसचिव तहका महिला कर्मचारीहरुले गरिरहेका छन् भने बाँकी ६ जिल्लाको नेतृत्व उपसचिव तहका महिला कर्मचारीहरुले गरिरहेका छन् ।
आगामी ११ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन गर्ने अभिभारा ११ जना महिला कर्मचारीको काँधमा रहेको छ ।  गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको उपसचिव मीना अर्यालका अनुसार अहिले सुदुरपश्चिमको एक,कर्णाली प्रदेशको १,लुम्बिनी प्रदेशको २,कोशी प्रदेशका ४,बागमती प्रदेशमा १,गण्डकी प्रदेशमा दुई गरी गरी कूल ११ जना महिलाहरुले जिल्ला प्रशासन कार्यालयको कमाण्ड गरिरहेका छन् ।
जस अनुसार,सुदुरपश्चिम प्रदेशको डोटी जिल्लाको प्रमुख जिल्ला अधिकारीमा कल्पना नेपाल,कर्णाली प्रदेशको डा ।डोल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल,  लुम्बिनी प्रदेशको रुकुम पूर्व सीता परियार, र पाल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारीमा विनु बज्राचार्य प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका छन् ।
यस्तै,कोशी प्रदेशका खोटाङ जिल्लाको सिडियोको कुर्सीमा रेखा कँडेल,संखुवासभामा सृजना थपलिया,तेह्रथुम बन्दना राई,सोलुखुम्बु लीला केसी पाण्डेले ती जिल्लाका प्रशासन कार्यालयको नेतृत्व गरिरहँदा बाग्मती प्रदेशको सिन्धुली स्किम श्रेष्ठ,गण्डकी प्रदेशको मुस्ताङ  जिल्लाको कमाण्ड अजिता शर्मा र कास्की जिल्ला प्रशासनको नेतृत्व रुद्रादेवी शर्माले गरिरहेकी छिन् । जसमध्ये फष्ट क्लासका अफिसरहरु कास्कीमा रुद्रादेवी शर्मा, सिन्धुली  स्किम श्रेष्ठ,खोटाङमा रेखा कँडेल र संखुवासभा हाँकिरहेकी सृजना थपलिया र पाल्पाको कमाण्ड गरिरहेकी विनु बज्राचार्य सहसचिव तहका कर्मचारी हुन ।  बाँकी ६ जिल्लाको नेतृत्व उपसचिव तहका महिला कर्मचारीहरुले गरिरहेका छन् ।
यसैबीच हिमाली जिल्ला मुस्ताङको प्रशासनिक र सुरक्षा दुबै नेतृत्व महिलाले गरिरहेका छन् । त्यहाँ प्रमुख जिल्ला अधिकारीको रुपमा अजिता शर्मा र जिल्ला प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामा रहेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङ महिलाले हाँकेको जिल्ला भन्दै उनीहरुको प्रंशशा समेत गरेकी छिन् ।
कुनै समय चुलो,चौका र भान्सामा सीमित महिलाको उपस्थिती पछिल्लो समय राज्यको हरेक तह र तप्कामा बाक्लिदो छ । उपस्थित मात्र होइन् नेतृत्व गर्ने स्थानमा समेत महिलाहरु पुगेका छन् र अब्बल कार्यसम्पादन गरेर देखाएका छन् । अन्य क्षेत्रमा झैं प्रशासनिक क्षेत्रमा समेत महिलाको उपस्थिती बाक्लिदो छ । महिलाहरु नेतृत्व गर्ने ठाउँमा पुगेर महिला पनि पुरुषभन्दा कुनै हिसाबले कमजोर छैनन भन्ने ढंगले काम गरेर देखाएका छन् ।
अहिले निजामती सेवाको विशिष्ठ श्रेणी (सचिव) पदमा ९ जना महिलाहरु कार्यरत छन । कूल ७१ सचिवहरु रहेकोमा हाल  नेपाल ट्रष्टमा प्रमिलादेवी शाक्य बज्राचार्य, उपमहालेखापरीक्षक विन्दु विष्ट,सञ्चार तथा सूचना प्रविधिमा लक्ष्मीकुमारी बस्नेत, महिला बालबालिका तथा जेष्ठ नागरिक सचिवमा राधिका अर्याल,जलस्रोत तथा सिँचाइको सचिवमा सरिता दुवाडी, सर्वाेच्च अदालतको रजिष्टेरारमा भद्रकाली पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासन सचिवमा चन्द्रकला पौडेल,यस्तै निर्मला अधिकारी भट्टराई,सत्य निरुपण तथा मेलमिलाप आयोगर इन्दिरा दाहाल भट्टराईनेपाल कानून आयोगको सचिवको भूमिकामा छिन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

बिशेष