अब सातै प्रदेशमा महालेखाको कार्यालय,बागमतीमा सहसचिवको नेतृत्व,अन्यमा उपसचिव कमाण्डर

महालेखा परीक्षकको कार्यालयले सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । आयोगले सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना र नेतृत्व खटाउने निर्णय गरी कार्यान्वयन गर्न लागेको हो ।

बिज्ञापन

महालेखापरीक्षक तोयम रायका अनुसार सातै प्रदेशमा कार्यालय स्थापना गर्ने तथा कर्मचारी खटनपटन गर्ने प्रक्रिया अगाडि बढेको हो । महालेखाले बागमती प्रदेशमा सहसचिवको नेतृत्व गर्ने गरी कर्मचारी खटाउनेछ । सो कार्यालयको प्रादेशिक कार्यालय काठमाडौंमा रहनेछ ।

बिज्ञापन

महालेखापरीक्षक रायाका अनुसार बागमती प्रदशेका लागि सहसचिवको नेतृत्वमा ५४ कर्मचारी रहनेछन् भने अन्य ६ वटा प्रदेशस्थित प्रादेशिक कार्यालयमा उपसचिवको नेतृत्वमा १२ देखि १४ जना कर्मचारीहरु कार्यलय सञ्चालनका लागि खटाउने गरी काम अघि बढाएको हो । यो सँगै प्रदेशदेखि स्थानीय तहसम्मको कार्यालयको अडिट सम्बन्धित प्रादेशिक कार्यालयबाटै हुने बताइएको छ ।

चार बर्ष अगाडि देखि नै चर्चा परिचर्चा हुँदै आएको थियो तर सफल हुन सकेको थिएन । विगतमा  संगठन तथा व्यवस्थापन सर्वे स्वीकृत नहुँदा कर्मचारी खटन पटन हुन सकेको थिएन । हालैमात्र महालेखाको संगठन तथा व्यवस्थापन सर्वे स्वीकृत भइसकेको कारण सोही अनुसार अहिले कर्मचारी खटन पटनको काम अगाडि बढेको जनाइएको छ ।
प्रादेशिक कार्यालयहरु नै स्थापना भए पनि प्रदेश तथा स्थानीयका कार्यालयहरुका अडिट अब सम्बन्धित प्रादेशिक कार्यालयहरुले नै गर्नेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष