विमानस्थल क्षेत्रमा एक महिनासम्म पाँच जनाभन्दा बढी भेला निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न निषेध आदेश जारी गरेको छ। आदेश मिति २०८२ माघ २९ गतेदेखि लागू भई अर्को व्यवस्था नभएसम्म एक महिनासम्म कायम रहने जनाइएको छ।

बिज्ञापन

प्रमुख जिल्ला अधिकारीबाट जारी अत्यन्त जरुरी सूचनाअनुसार आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन तथा विमानस्थल जस्तो संवेदनशील क्षेत्रको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेध आदेश जारी गरिएको हो।

बिज्ञापन

सूचनामा मिति २०८२ फागुन १ गते विमानस्थल र आसपासको क्षेत्रमा विभिन्न समूह तथा राजनीतिक दलले प्रदर्शन, भेला तथा र्‍याली गर्ने भनी सार्वजनिक गरेका विज्ञप्ति र सामाजिक सञ्जालमा प्रसारित सामग्रीप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम यस्ता कार्यक्रमका लागि पूर्व स्वीकृति नलिइएको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा यस प्रकृतिका गतिविधि गर्न बन्देज रहेको प्रशासनको भनाइ छ।

प्रशासनले विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसरभित्रका सम्पूर्ण सडक, आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायत हाताभित्रका सबै क्षेत्रमा निषेध आदेश लागू हुने जनाएको छ। यात्रुको सहज आवागमन, सार्वजनिक यातायात सञ्चालन तथा शान्ति–सुरक्षामा असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ।

बिज्ञापन

निषेधित क्षेत्रमा कानूनविपरीत गतिविधि गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।

यद्यपि निषेध आदेश जारी गरिएका क्षेत्रबाहेकका स्थानमा भने संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र बिना हातहतियार शान्तिपूर्ण रूपमा भेला भई विरोध गर्ने अधिकारप्रति स्थानीय प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ। तर पूर्व जानकारीबिना गरिएका कार्यक्रम वा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा सम्बन्धित कार्यविधि, २०८१ अनुसार क्षतिको मूल्यांकन गरी आयोजकबाटै क्षतिपूर्ति असुल गरिने जनाइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष