प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

सरकारले आठ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हालैमात्र कार्यक्षमता आधारमा बढुवा भएका कर्मचारीहरुलाई पदस्थापन गरेको हो ।सरकारले प्रशासनतर्फका तीन र प्राविधिक पाँच गरी आठ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो । जस अनुसार २ सहसचिवलाई गृह,१ लाई स्थानीय तह र पाँच सहसचिवलाई शहरी मन्त्रालयमा खटाइएको छ ।

बिज्ञापन

सरुवा सूची अनुसार,महेन्द्रकुमार सापकोटा र शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । गृहले यस अघि नै प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइसकेको छ सापकोटा र रेग्मीलाई । उनीहरु सहसचिवमा बढुवा सिफारिस हुँदैमा गृहले सापकोटालाई सल्यान र रेग्मी नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका छन् । उनीहरु कार्यक्षमता मूल्याकंनका आधारमा उपसचिवबाट सहसचिव बढुवा सिफारिस भएका ३५ दिन पूरा भएलगतै संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेकोमा सम्बन्धित जिल्लामै रहने गरी गृहमा सारिएको छ । यस्तै विगतमा उपसचिव हुँदा यौनकाण्ड लागेर सामान्यको बरण्डा हुँदै मालपोतमा तर मारेका डमरु प्रसाद निरौला कार्यक्षमताका आधारमा बढुवा भए सँगै जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका जिम्मेवारी पाएका छन् ।

बिज्ञापन

डम्बरुलाई जितपुर लैजान त्यहाँका मेयर राजन पौडेलको सक्रियताको बिषयमा यस अघि नै कर्मचारी प्रेसमा समाचार प्रकाशन गरिसकेको छ । यसैगरी इन्जिनियरिङ सेवातर्फका सहसचिवहरू प्रकाश चौधरी, ओमराज ढुंगाना, मनिष कुमार अर्याल, राम कुमार श्रेष्ठ र गौरी कुमार श्रेष्ठलाई शहरी विकास मन्त्रालय तथा मातहतका निकायमा खटाइएको छ ।

Notices-20260210145830427

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

बिशेष