नेपालगञ्ज, २६ माघ २०८२
बिज्ञापन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले भेरी अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन् । मन्त्री शर्माले सोमबार सो अस्पतालको निरीक्षण गरेकी हुन । मन्त्री शर्माले सो अस्पतालमा उपचाररत बिरामीहरूसँग अन्तर्क्रिया गर्दै स्वास्थ्य सेवाको गुणस्तरबारे जानकारी समेत लिएकी थिइन ।
अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति र सेवा प्रवाहको अवस्था प्रत्यक्ष अवलोकन गर्नुका साथै अस्पतालमा उपचाररत बिरामीहरूसँग अन्तर्क्रिया गर्दै स्वास्थ्य सेवाको गुणस्तरबारे जानकारी लिएसँगै मन्त्री शर्माले उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
अस्पताल निर्देशक डा. निराजन सुवेदीले मन्त्रीलाई संस्थाको वर्तमान अवस्था, बिरामीको बढ्दो चाप, र प्रशासनिक तथा प्राविधिक चुनौतीहरूको विस्तृत ब्रिफिङ गरेका थिए । छलफलका क्रममा, अस्पतालले नयाँ सिटी स्क्यान (CT-Scan) मेसिनको व्यवस्थापन र निर्माणाधीन भवनहरूको शीघ्र सञ्चालनका लागि मन्त्रालयसँग आवश्यक पहलको माग राख्यो।
बिज्ञापन
मन्त्री शर्माले भेरी अस्पताल यस क्षेत्रकै प्रमुख ‘रेफरल सेन्टर’ भएको स्मरण गराउँदै, सिटी स्क्यान जस्ता उपकरणको व्यवस्था र अस्पतालको समग्र सुदृढीकरणका लागि मन्त्रालयले आवश्यक बजेट तथा नीतिगत समन्वयमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अस्पताल प्रशासनले जनाएको छ ।


























