इलाम २ उपनिर्वाचन : १३ जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । आउँदो वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि हालसम्म १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको लागि तोकिएको समयमा १३ जनाले दर्ता प्रमाणपत्र बुझेका छन् ।

बिज्ञापन

शनिबार १० बजेबाट सुरु भएको निर्वाचन प्रक्रियामा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो क्रममा मनोनयन दर्ता गराएको छ । जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङले सुरुमै मनोनयन दर्ता गराएका हुन् ।

बिज्ञापन

मनोनयनअघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दोस्रो क्रममा मनोनयन दर्ता गरेको छ । नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गराएका हुन् ।

जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन् । तेस्रोमा डाकप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन् । गौतमले यसपटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

बिज्ञापन

एकीकृत समाजवादीका तर्फबाट जितबहादुर राईले उम्मेदवारी दर्ता गराए । मुख्य प्रतिस्पर्धीका रुपमा रहेका कांग्रेसका डम्बर खड्काले पनि केन्द्रीय नेताहरुसहित स्थानीय कार्यकर्ताको साथ लिएर मनोनयन दर्ता गराए । जिल्ला सभापति समेत रहेका खड्का गत निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए ।

एमालेका तर्फबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । उनी दिवगंत नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । उनले दलबलसहित निर्वाचन कार्यालयमा पुगेर उमेदवारी दर्ता गराएका । उनलाई माओवादी केन्द्रले पनि साथ दिएको छ ।यता, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् ।

रास्वपाका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराए । दर्ता प्रक्रिया अझै नसकिएकाले प्रतिस्पर्धी बढ्न सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीयलाई राजीनामा दिन दबाब

सचिव बैठकका २१ निर्णय : अब कर्मचारीले बैठक भत्ता लिन नपाउने,२० प्रतिशत दरबन्दी कटौती गरिने

सडक प्रमुख देवकोटाको पहिलो निर्णय: खाल्डो टाल्ने, ३ करोड खर्च घटाउने

जेन -जीको आन्दोलनमा कहाँ चुक्यो गृह प्रशासन ?

अख्तियारका ९२ वटा सवारीमा क्षति,भ्रष्टाचारका सबै फाइल सुरक्षित

कोरला नाका : हिमालमाथिको व्यापार, कठिनाइभित्र कर्मचारीहरूको साहस

मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने, गैरराजनीतिक व्यक्ति मात्र रहने

निर्वाचन र पुनर्निर्माण खर्च जुटाउन अर्थ मन्त्रालयको कार्यदल

बिशेष