बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छिन् । यस अघिको प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध प्रतिस्पर्धाबिना ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा अनियमितता देखिएसँगै भ्रष्टाचार मुद्धा लागेर उनी निलम्बनमा परेकी छिन् ।

बिज्ञापन

प्रवन्ध निर्देशक निलम्बनमा परेको ८ महिनापछि प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णय अनुसार डंगोललाई निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो । यस अघि जेठ २८ देखि निमित्त प्रवन्ध निर्देशको जिम्मेवारीमा सविना मास्केलाई दिइएको थियो । सो समयमा अख्तियारले बिलिङ प्रणालीको भ्रष्टाचार मुद्दामा सबिना मास्केसँग पनि बयान लिएको थियो । उनी त्यतिबेला टेलिकमको प्रमुख प्राविधिक अधिकृतको रुपमा काम गरेकी थिइन् । यही मुद्दामा टेलिकमका निमित्त निर्देशक अमूल प्रधान निलम्बनमा परेका छन् ।

बिज्ञापन

टेलिकमको बार्षिकोत्सव मनाएको भोलिपल्टै टेलिकमको निमित्त प्रवन्ध निर्देशकको जिम्मेवारी फेरिएको हो । रीना डंगोल ०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेर २०५२ जेठ ९ मा स्थायी नियुक्त भएकी डंगोलले ०८० जेठ ३२ गतेदेखि नेपाल टेलिकमको नायब प्रबन्ध निर्देशक नियुक्त थिइन् । उनले प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं एवं वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत पूरा गरिसकेकी छिन् । उनी हाल प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत थिइन् । निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष