रिता गिरीका उत्कृष्ट पाँच मुक्तक

मुक्तक १
अधुरो–अधुरो लाग्ने जीवन ऊ बिना
उसकै सपना देख्ने नयन आँसु बिना
उसले दिल माग्यो, लिएर टाढा भयो
खै, कसरी रहन्छ र शरीर मुटु बिना

बिज्ञापन

मुक्तक २
.देखेर अनेकौ सपना धेरै रहर बोकेर हिनियो
जिन्दगी बोक्नै नसक्ने पिडाको भारी भैदियो
घर बनाउनकै लागि देशै छोडेर हिन्दा आज ,
के सम्झेर फर्कौं भएकै सानो घरै पनि भत्कियो

बिज्ञापन

मुक्तक ३
लिलामी गर्न इज्जत, बजार खोज्छन्
तीललाई पहाड बनाउन पत्रकार खोज्छन्
पराइलाई के चासो छ? हेर्छन् रमिता मात्रै
रेट्नलाई घाँटी आफ्नैले तरबार खोज्छन्

मुक्तक ४
मनमा हर्ष होस्, उल्लास होस् प्रभातसँगै
हिजोभन्दा आज खास होस् प्रभातसँगै
कहिल्यै नहोस् दुःख–पीर, कामना छ मेरो
हर दिन हजुरको मधुमास होस् प्रभातसँगै

बिज्ञापन

मुक्तक ५
झेल्न सक्छु दुःख–पीर, तिमी हुनुपर्छ
मेरो दाहिने–देब्रेतिर तिमी हुनुपर्छ
जति हन्डर खाए पनि कहिल्यै झुक्ने छैन
हुन्छ सधैँ ठाडो शिर, तिमी हुनुपर्छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष