न्यायधीश नियुक्तिका लागि निर्वाचन आयोगले दिएन सहमति

निर्वाचन आयोगले न्यायधीश नियुक्ति नगर्न न्याय परिषद्लाई पत्र पठाएको छ । गत माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता जारी भइसकेको उल्लेख गर्दै आयोगले न्यायधीश नियुक्ति नगर्न न्यायपरिषद्लाई पत्र पठाएको हो ।

बिज्ञापन

न्यायपरिषद् सचिवालयले गत  माघ १४ गते आयोगलाई पत्र पठाएर सहमतिका लागि आग्रह गरेको थियो ।

बिज्ञापन

जसको जवाफमा आयोगले परिषद्लाई न्यायाधीश नियुक्त नगर्न पत्राचार गरेको हो । निर्वाचन आचारसंहिता जारी भएपनि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्नुपर्ने देखिएको परिषद्ले सहमतिका लागि आयोगमा पत्राचार गरेको थियो । केही साता अघिमात्रै लोकसेवाको प्रतिस्पर्धाबाट उत्तीर्ण जिल्ला न्यायाधीशहरू नियुक्त भएका थिए । उनीहरूको भने पदस्थापनाको काम भइरहेको छ । न्यायपरिषद्ले परीक्षा बाहेक ज्येष्ठताका आधारमा पनि न्यायाधीश नियुक्ति गर्न आयोगमा पत्राचार गरेको थियो ।

जवाफमा आयोगले आचारसंहिता लागू रहँदासम्म कुनै पनि संवैधानिक वा सरकारी निकायबाट नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने नियुक्ति प्रक्रिया अघि बढाउन नमिल्ने स्पष्ट पारेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष