सरकारले फिर्ता लियो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गरेको छ ।

बिज्ञापन

आज बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो ।
गत वर्ष तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएका थिए। उनले यो विधेयक २०८१ माघ १५ मा राष्ट्रिय सभामा दर्ता गराएका थिए। लामो समय राष्ट्रिय सभामा अड्किएको विधेयक गत भदौमा सरकारले अगाडि बढाउन खोजेको थियो। तर, त्यही वेला सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध भएको जेनजी आन्दोलनका कारण सरकारले ढलेको थियो।

बिज्ञापन

अन्तरिम सरकारले उक्त राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको हो । यो सँगै अब सामाजिक सञ्जाल सम्बन्धी छुट्टै ऐन बनाउन चाहेको खण्डमा सरकारले पुन अर्को विधेयक ल्याउनुपर्ने हुन्छ । प्रहरीले सामाजिक सञ्जालमार्फत हुने अपराधलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्दै आएको छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

‘किताबखानाका ती दिन’

सहसचिव पौडेल,उपसचिव पाण्डे र कम्युटर अपरेटर थापालाई पुरस्कृत गर्न सिफारिस

कर्मचारीतन्त्रमा आमूल सुधारको प्रस्ताव : मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि राख्ने सुझाव

सुशासन ब्लुप्रिन्ट : नागरिकको हातमा सरकारका अवसर र चुनौतीहरु

कार्की आयोगको प्रतिवेदन : एआइजी शाहलाई एकै साथ कारवाही र पुरस्कारको सिफारिस

‘घुँडातल रबरको गोली चलाउने मौखिक आदेश दिएको थिएँ’ : तत्कालीन सिडिओ रिजाल

प्रधानमन्त्रीको राजीनामापछि नियन्त्रण बाहिर गयो अवस्था : तत्कालीन मुख्य सचिव अर्याल

बिशेष