श्रम मन्त्रालय र विभागमा किन खटाइयो प्रहरीको टुकडी ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम मन्त्रालयका कर्मचारीहरुलाई अविश्वास गरेको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन् ।निर्वाचन गराउने म्याण्डेटसहित अन्तरिम सरकारको मन्त्रिमण्डलमा रहेका श्रम मन्त्री तथा पूर्व एआइजी राजेन्द्रसिंह भण्डारीले श्रम मन्त्रालय र विभागमा गरी एकै पटक चार दर्जन प्रहरीहरु खटाइसँगै त्यहाँ कार्यरत निजामती कर्मचारीहरुमा त्रास पैदा भएको छ ।

बिज्ञापन

श्रम मन्त्री भण्डारीले अघिल्लो महिना गृहलाई पत्र लेखेर मन्त्रालय र विभागका लागि प्रहरी खटाइदिन माग गरेका थिए । मन्त्रालयको पत्र अनुसार, श्रमबाट भएको पत्राचार सँगै गृहले गृहले तत्कालै  प्रहरीलाई पत्र लेखेर पठाएको गृहका अधिकारीहरुले जनाएका छन् । प्रहरी प्रधान कार्यालयले गृहको पत्र अनुसार श्रम मन्त्रालय र श्रम विभागका अहिले कर्मचारीको टोकडी नै खटाएको छ । जस अनुसार श्रम मन्त्रालयमा दुर्गा प्रसाद दाहालको कमाण्डमामा १९ जना प्रहरी मन्त्रालयमा खटाइएको छ । यस्तै दुई दर्जन बढी कर्मचारीको टोकटी वैदेशिक रोजगार विभागमा खटाइएको छ ।

बिज्ञापन

श्रम मन्त्रालयमा दाहालका अलवा सुरेश अथा,प्रकाश रेग्मी,गोविन्द प्रसाद भण्डारी,दिपक केसी लगायतका प्रहरी कर्मचारीहरु खटाइएको छ । भण्डारी नेपाल प्रहरीका पूर्वएआइजी हुन । उनले निजामती कर्मचारीलाई भन्दा प्रहरीलाई विश्वास गरेर मन्त्रालय र विभागमा प्रहरीको टोकटी खटाएका हुन ।

श्रम मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने नेपालीहरुमाथि हुने ठगीलाई रोक्न टाक्स फोर्स गठन गर्न भन्दै मन्त्रालय र विभागमा प्रहरीको टोकडी नै लगिएको प्रहरी मुख्यालयले जनाएको छ ।  श्रम मन्त्री भण्डारी नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरोको संस्थापक समेत हुन । त्यहाँ रहँदा संगठित अपराधको जालोलाई तोड्ने काम गरेको उनले श्रम मन्त्रालयमा समेत यस्तै काम गर्नका लागि टाक्स फोर्स गठन गर्ने उदेश्यले प्रहरी मुख्यालयबाट प्रहरीहरु खटाइएको प्रहरी मुख्लायय नक्सालका एक अधिकृतले कर्मचारी प्रेससँग बताए ।

बिज्ञापन

तर कर्मचारीहरुले भने प्रहरीलाई प्रशासनिक अधिकार नरहेको र निर्वाचनको मुखमा निर्वाचन सुरक्षाका लागि खटाउनुपर्ने जनशक्ति मन्त्रालय र विभागमा खटाइएको प्रति आश्चर्य व्यक्त गरेका छन् । कर्मचारीहरुले चाहेको खण्डमा एक घण्टाभित्रैमा सिआइबी लगाएर पक्रन सकिन्छ । वैरोको डिजीलाई त्यो अधिकारै दिएको छ । अहिले भएको कामलाई बढो गलत भएको भएको टिप्पणी गर्दछन्,कतिपय प्रशासकहरु । वटालियनै लगेर राख्नुको अर्थ पूर्व एआइजीले प्रहरीको तागत देखाएको रुपमा त बुझ्ने होला श्रम मन्त्रालयबाटै सरुवा भएर अन्यन्त्र पुगेका एक उच्च प्रशासकले भने ।

यद्यपि मन्त्रालयका कर्मचारीहरु भने मन्त्रीले निजामतीलाई अविश्वास गरेको जिकिर गरेका छन् । यो बिषयमा प्रतिक्रिया लिनका लागि कर्मचारी प्रेसले श्रम सचिव दीपक काफ्लेसँग सम्पर्क प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन । यस्तै प्रवक्ता पिताम्बर घिमिरेदेखि कर्मचारी प्रशासन हेर्दै आएका वावुराम भण्डारीसँग सम्पर्क प्रयास गर्दा उनीहरु पनि सम्पर्कमा आएनन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रम मन्त्रालय र विभागमा किन खटाइयो प्रहरीको टुकडी ?

लुम्बिनी प्रदेशमा प्रदेश भोलि सार्वजनिक बिदा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

रसुवा नाकामा बिचौलियाको रजगज : कन्टेनर चालकले पाउँदैनन पास, अध्यागमनसँग न्यायको आश

उदार व्यापार प्रणालीमा व्यापार सहजीकरणको भूमिका 

नासु ठाकुरलाई निजामती सेवाबाटै बर्खास्त गर्ने तयारी

करार सेवाका ३१ कर्मचारीहरुको अवैद्यानिक बढुवा (नामावलीसहित)

सरकारी सार्वजनिक जग्गा गैरकानुनी दर्ता प्रकरणमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

बिशेष