विशेष अदालतले दुई लाख घुससहित रंगेहात पक्राउ परेका मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ ।
बिज्ञापन
काभ्रेको साविक दोलालघाट गाविस सात मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदालिँदै भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएर गत असोज २८ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
सोही मुद्धामा खरिदार भण्डारीलाई विशेष अदालतले दोषी ठहर गरेको हो । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो दुई लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना सजाय हुन माग दाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएकोमा अख्तियारको मागअनुसार नै उनलाई सजाय हुने फैसला भएको छ।


























