सरकारी कर्मचारीद्वारा आचारसंहिता उल्लङ्घन, निर्वाचन कार्यालयले सोध्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै राजनीतिक दलका उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेको आरोपमा जिल्लाका तीन जना सरकारी कर्मचारी कारबाहीको दायरामा परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले ती कर्मचारीलाई लिखित स्पष्टीकरण सोधेको छ।

बिज्ञापन

सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेका अनुसार सामाजिक सञ्जालमार्फत उम्मेदवारको प्रचार गर्दै मत मागिएको भन्ने उजुरी प्राप्त भएपछि अनुसन्धान गरिएको थियो। उजुरी पुष्टि भएपछि सम्बन्धित तीन कर्मचारीलाई स्पष्टीकरण सोधिएको हो। कर्मचारीको गोपनीयता कायम गर्न उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

बिज्ञापन

आचारसंहिता विपरीत गतिविधि दोहोरिएमा थप कडा कदम चालिने चेतावनी दिँदै सहायक निर्वाचन अधिकृत न्यौपानेले त्यस्ता कर्मचारीलाई निर्वाचनसम्बन्धी जिम्मेवारीमा नखटाउने निर्णयसमेत गरिएको जानकारी दिए।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कुल एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन्। जिल्लाभर १०९ मतदानस्थल र १६४ मतदान केन्द्र तोकिएका छन्। निर्वाचन प्रतिस्पर्धामा तीन महिलासहित १६ जना उम्मेदवार रहेका छन्, जसमा १५ वटा राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार छन्।

बिज्ञापन

सुरक्षाको दृष्टिले जिल्लाका आठ मतदानस्थल अति संवेदनशील, ८२ संवेदनशील र १९ सामान्य श्रेणीमा वर्गीकृत गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

सरकारी कर्मचारीद्वारा आचारसंहिता उल्लङ्घन, निर्वाचन कार्यालयले सोध्यो स्पष्टीकरण

प्रतिनिधिसभा निर्वाचन आचारसंहिताः राजनीतिक नैतिकता, उत्तरदायित्व र सुशासनप्रतिको सामूहिक प्रतिबद्धताको प्रतीक 

शहिद दिवस : स्मृतिको राजनीतिमा उत्तरदायित्वको परीक्षा

महाप्रवन्धकको नियुक्ति प्रक्रिया रोक्न सर्वाेच्चको अन्तरिम आदेश

बिशेष