सरकारी कर्मचारीद्वारा आचारसंहिता उल्लङ्घन, निर्वाचन कार्यालयले सोध्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै राजनीतिक दलका उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेको आरोपमा जिल्लाका तीन जना सरकारी कर्मचारी कारबाहीको दायरामा परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले ती कर्मचारीलाई लिखित स्पष्टीकरण सोधेको छ।

बिज्ञापन

सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेका अनुसार सामाजिक सञ्जालमार्फत उम्मेदवारको प्रचार गर्दै मत मागिएको भन्ने उजुरी प्राप्त भएपछि अनुसन्धान गरिएको थियो। उजुरी पुष्टि भएपछि सम्बन्धित तीन कर्मचारीलाई स्पष्टीकरण सोधिएको हो। कर्मचारीको गोपनीयता कायम गर्न उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

बिज्ञापन

आचारसंहिता विपरीत गतिविधि दोहोरिएमा थप कडा कदम चालिने चेतावनी दिँदै सहायक निर्वाचन अधिकृत न्यौपानेले त्यस्ता कर्मचारीलाई निर्वाचनसम्बन्धी जिम्मेवारीमा नखटाउने निर्णयसमेत गरिएको जानकारी दिए।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कुल एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन्। जिल्लाभर १०९ मतदानस्थल र १६४ मतदान केन्द्र तोकिएका छन्। निर्वाचन प्रतिस्पर्धामा तीन महिलासहित १६ जना उम्मेदवार रहेका छन्, जसमा १५ वटा राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार छन्।

बिज्ञापन

सुरक्षाको दृष्टिले जिल्लाका आठ मतदानस्थल अति संवेदनशील, ८२ संवेदनशील र १९ सामान्य श्रेणीमा वर्गीकृत गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष