विशेष अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निलम्बित अतिरिक्त सचिव डा संगीता कौशल मिश्रालाई ५ लाख रूपैयाँ धरौटी तारेखमा मुद्दा पुर्पक्ष गर्न आदेश गरेको छ ।
बिज्ञापन
स्वास्थ्य सेवा विभागमा महानिर्देशक हुँदा १४ करोड ६ लाख ८५ हजार पाँच सय बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २ कात्तिकमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सोही मुद्दाको थुनछेक बहसपछि अदालतले उनीसँग पाँच लाख धरौटी माग गर्ने आदेश जारी गरेको हो।
विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्रासँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो।
मिश्राले स्वास्थ्य सेवा विभागमा तत्कालीन महानिर्देशक पदमा रहँदा अन्य प्रतिवादीसँगको मिलोमतोमा स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर १३ करोड ३७ लाख ८३ हजार भुक्तानी गरेको र पूर्वनिर्धारित क्षतिपूर्ति बापत हानीनोक्सानी भएको रकम ६९ लाख २ हजार ५०० रुपैयाँ समेत हानी नोक्सानी गराएको आरोपपत्रसहित अख्तियारले विशेषमा मुद्धा लगेको थियो ।
बिज्ञापन
म्यामोग्राफी मशिन खरिदका लागि आह्वान गरिएको ठेक्का सम्झौताको प्रतिकूल हुने गरी सम्पूर्ण सामान आपूर्ति नहुँदा समेत शतप्रतिशत भुक्तानी दिएर राज्यलाई हानी नोक्सानी गराएको उनीविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रूपैयाँ बिगो कायम गरिएकोमा विशेष अदालतको आजको इजलाशले मिश्रासँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।


























