१४ करोडको भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशकसँग पाँच लाख धरौटी माग

विशेष अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निलम्बित अतिरिक्त सचिव डा संगीता कौशल मिश्रालाई ५ लाख रूपैयाँ धरौटी तारेखमा मुद्दा पुर्पक्ष गर्न आदेश गरेको छ ।

बिज्ञापन

स्वास्थ्य सेवा विभागमा महानिर्देशक हुँदा १४ करोड ६ लाख ८५ हजार पाँच सय बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २ कात्तिकमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सोही मुद्दाको थुनछेक बहसपछि अदालतले उनीसँग पाँच लाख धरौटी माग गर्ने आदेश जारी गरेको हो।

बिज्ञापन

विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्रासँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो।

मिश्राले स्वास्थ्य सेवा विभागमा तत्कालीन महानिर्देशक पदमा रहँदा अन्य प्रतिवादीसँगको मिलोमतोमा स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर १३ करोड ३७ लाख ८३ हजार भुक्तानी गरेको र पूर्वनिर्धारित क्षतिपूर्ति बापत हानीनोक्सानी भएको रकम ६९ लाख २ हजार ५०० रुपैयाँ समेत हानी नोक्सानी गराएको आरोपपत्रसहित अख्तियारले विशेषमा मुद्धा लगेको थियो ।

बिज्ञापन

म्यामोग्राफी मशिन खरिदका लागि आह्वान गरिएको ठेक्का सम्झौताको प्रतिकूल हुने गरी सम्पूर्ण सामान आपूर्ति नहुँदा समेत शतप्रतिशत भुक्तानी दिएर राज्यलाई हानी नोक्सानी गराएको उनीविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रूपैयाँ बिगो कायम गरिएकोमा विशेष अदालतको आजको इजलाशले मिश्रासँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष