सरकारले दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले प्राविधिक तर्फका दुई सचिवहरुको मन्त्रालय हेरफेर गरेको हो ।
जस अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा विडारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेर सो मन्त्रालयमा विज्ञान तथा प्रविधि सचिवको जिम्मेवारीमा रहेका विश्ववावु पुडासैनीलाई भौतिक पूर्वाधार मन्त्रालयमा जिम्मेवारी दिईएको हो ।
बिज्ञापन
मन्त्रिपरिषद् बैठकले पुडासैनीलाई भौतिक मन्त्रालयमा सरुवा गरेको हो यस्तै भौतिक मन्त्रालयमा रहेका केशवकुमार शर्मालाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ।
भौतिक मन्त्रालयमा माधवप्रसाद चौलागाईं आएपछि भौतिकमा पुडासैनीलाई ल्याइएको हो।
यस्का अलवा सञ्चार मन्त्रालयको सचिवसहित केही प्रदेशका प्रमुख सचिवहरु समेत हेरफेर भएको बताइएको छ । यद्यपि सरुवाको निर्णय गुपचुप राखिएको छ ।


























