प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव सरुवाको सूची गुपचुप राखेको पाइएको छ । गत साता बसेको क्याविनेट बैठकले सञ्चारसहितका केही प्राविधिक सचिवहरुको सरुवा गरेको भए पनि सूची भने गुपचुप राखिएको छ ।
बिज्ञापन
निर्वाचन आचारसंहिता लाग्नु अघि केही प्रदेशमा रहेका सचिवहरुलाई संघीय मन्त्रालयमा ल्याइएको र केही प्राविधिक र प्रशासनका सचिवहरुको सरुवा गरिएको भए पनि गुपचुपमै राखिएको हो ।
प्रतिनिधिसभाको निर्वाचनको मिति २१ फागुनका लागि तोकिएको छ । सो अघि माघ ३ गतेबाट निर्वाचन आचारसंहिता लाग्दै छ । निर्वाचन आचारसंहिता लागेपछि कर्मचारीको सरुवा गर्न बन्देज लगाइएको कारण सरकारले केही सचिवहरुको जिम्मेवारी हेरफेर गरेको भए पनि सो निर्णय प्रमाणीकरण नभएका कारण सार्वजनिक नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।


























