मन्त्री र सचिवहरुको विदेश भ्रमण निरन्तर

एकातिर मन्त्री,सचिवको मनलाग्दी विदेश भ्रमणमा लगाम लगाउने,सरकारी फजुल खर्च कटौती गर्ने निर्देशन र परिपत्र,अर्कोतिर क्याविनेटबाट धमाधम मन्त्री,सचिव र सरकारी कर्मचारीहरुको लगातार विदेश भ्रमण स्वीकृत ।

बिज्ञापन

अघिल्लो साताको मन्त्रिपरिषद्को बैठकले झैं पछिल्लो क्याविनेटले १९ वटा निर्णय गरेकोमध्ये आधा दर्जन वैदेशिक भ्रमण स्वीकृतिसँग सम्बन्धित रहेका छन्,जसमा एक मन्त्री,एक आयुक्त र चार जना सचिवहरुको विदेश भ्रमण स्वीकृत गरेको छ ।

बिज्ञापन

क्याविनेटले यस्ता भ्रमण रोक्न भन्दै दर्जनौं पटक निर्णय गरेको छ । अर्थ लगायतका मन्त्रालयहरुले परिपत्र गरेको भए पनि ती सबै कागजी घोषणामा मात्र सीमित छन् । जेनजी सरकार बनेलगतै सार्वजनिक खर्च कटौती गर्न भन्दै मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गर्न भनिए पछि लगातार मन्त्री र सचिवहरु विदेश उड्ने स्वीकृति लिइरहेको छन् र उडिरहेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियार इटाली भ्रमण स्वीकृत गरेको छ । परियार माघ २६ देखि २८ गतेसम्म आयोजना हुने ४९औँ सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेण्ट कार्यक्रममा सहभागी हुन उनी रोम जान लागेका हुन् । अघिल्लो मन्त्रिपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण स्वीकृत गरेकोमा विवाद सिर्जना भएको थियो । सर्वत्र आलोचनापछि मन्त्री गुप्ताले भ्रमण रद्ध गर्न लागेको बुझिएको छ ।

बिज्ञापन

यस्तै क्याविनेटले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल – मेक्सिको भ्रमण,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल – चीन, निर्वाचन आयुक्त जानकीकुमारी तुलाधर – म्यानमार (तेस्रो चरणको निर्वाचन पर्यवेक्षण),श्रम मन्त्रालयका सचिव डा दीपक काफ्ले – मोरक्को (बालश्रम उन्मुक्ति कार्यक्रम),संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौला – स्पेन (म्याड्रिड पर्यटन मेला) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा – स्विट्जरल्यान्ड (जेनेभा, विश्व स्वास्थ्य संगठन कार्यक्रम)मा भाग लिन स्वीकृति प्रदान गरेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ऊर्जा मन्त्रालयका उच्च पदाधिकारी एकैपटक पदमुक्त, अध्यादेशपछि व्यापक प्रभाव

सम्पत्ति शुद्धीकरणको राडारमा सीईओ,सञ्चालक समितिले गर्यो पदमुक्त

प्रदेश मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा

जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

ट्रेड युनियन खारेजी,चल अचल सम्पत्ति दम्पच बनाउने चलखेल

यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

सरकार र शीतलनिवास टकरावको संकेत

आवाज दबाएर समृद्धि ? कर्मचारी वृत्तबाट गम्भीर प्रश्न

बिशेष